संसदीय राजनीतिमा फर्केलिन् त विद्यादेवी भण्डारी ?
काठमाडौं । मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी विद्यादेवी भण्डारी झण्डै ७ वर्ष ४ महिना देशको राष्ट्रपतिको रूपमा रहिन् । उनी दुई कार्यकाल (२०७२ कार्तिक १२ र २०७४ फागुन २९) मा भएको राष्ट्रपति निर्वाचनमा विपक्षी उम्मेदवार कूलबहादुर गुरुङ र कुमारीलक्ष्मी राईलाई हराउँदै राष्ट्रपति निर्वाचित भएकी थिईन् । गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भएपछि भण्डारी हिजो (सोमबार) शीतल निवासबाट बाहिरिएकी छन् । राष्ट्रपतिको भूमिकाबाट बाहिरिएसँगै अब उनी सक्रिय राजनीतिमा फर्केलिन् त भन्ने चासो सर्वसाधरणमा छ ।
भण्डारीअघिका प्रथम राष्ट्रपति डा। रामवरण यादव शीतलनिवासबाट निस्किएपछि निष्क्रिय बने । उनी न पार्टी राजनीतिमा फर्किए न त आफ्नो चिकित्सकीय पेशामा । आकलझुक्कल मिडियामा अन्र्तर्वाता दिने र एकाध कार्यक्रममा उपस्थिति जनाउनेबाहेक उनी सार्वजनिक जीवनमा देखिँदैनन् । अघिल्ला उपराष्ट्रपति परमानन्द यादव त झन् गुमनाम नै छन् । यसपटक भण्डारी स्वंयले मुख नखोलेपनि धेरैको अड्कल र आग्रह भने भण्डारी पुनः एमालेको पार्टी राजनितिमा फर्किनुपर्नेमा छ । आफ्नो कार्यकालको अन्तिम दिन भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख नेताहरूलाई शीतलनिवास डाकेर चियापानसहितको सामूहिक भेटवार्ता गरेकी थिइन् । करिब दुई घण्टा चलेको उक्त भेटवार्तामा नेताहरू खुलस्त र अनौपचारिक तवरबाट पेश भएका थिए । राष्ट्रपति भण्डारीको कार्यकाल र आगामी राष्ट्रपतिको कार्यभारका विषयमा कुराकानी केन्द्रित थियो । साथै, भण्डारीको अबको राजनीतिक यात्राबारे पनि नेताहरूले आ–आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए ।
बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भण्डारीलाई राष्ट्रपतिबाट अवकाशपछि सक्रिय राजनीतिमा फर्किन निकै जोड दिएका थिए । उमेरका हिसाबले पनि भण्डारीसँग प्रशस्त समय रहेकाले कुनै हालतमा सक्रिय राजनीति गर्नुपर्ने उनको सुझाव थियो । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भण्डारीलाई पहिलेजस्तै सक्रिय रुपमा राजनीतिमा फर्कन आग्रह गरे । राजनितिमा फर्किए सबैभन्दा बढी सहयोग आफ्नो र सिङगो कांग्रेस पार्टीको रहने बताए ।
नेकपा (एमाले) ले भने आधिकारिक रुपमा मुख नखोलेतापनि पार्टीका दोस्रा तहका नेताहरु शेरधन राई , लालबाबु यादवदेखि पार्टीका धेरै महिला नेतृहरुले भण्डारीलाई पार्टीमा फर्किएर कार्यकारी भूमिकामा रहन आग्रह गरिरहेका छन् । यदि भण्डारीले चाहेमा एमाले अध्यक्ष केपि शर्मा ओली उनलाई पार्टीको बरिष्ठ उपाध्यक्ष बनाउँदै आगामि ११ महाधिवेशनमा सर्वसम्मत ढंगले पार्टी अध्यक्ष बनाउनसमेत तयार देखिन्छन् । किनकी एमालेको विधान अनुसार ७० वर्ष पुगेपछि पार्टिको कार्यकारी भूमिकामा रहन पाईँदैन । यही विधानअनुसार पार्टीको आगामी ११ महाधिवेशनसम्म अहिले एमालेको उपाध्यक्ष पदमा रहेका बिष्णु पौडेल बाहेक सबै उपाध्यक्षहरु पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिँदै छन् । त्योबेला पार्टी अध्यक्षमा ओलीका दुई विश्वासपात्र शंकर पोखरेल र बिष्णु पौडेल भिड्ने र फेरिपनि पार्टीमा नयाँ गुट जन्मन सक्नेहुदाँ अध्यक्ष ओली पोखरेल र पौडेलको ठाँउमा भण्डारीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहन्छन् । तर त्यसको लागि भण्डारी तयार रहनुपर्ने एमालेका नेताहरु बताउँछन्।
मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी भण्डारी २०७२ कार्तिक १२ गतेसम्म पनि एमालेको उपाध्यक्ष नै थिइन् । त्यो भन्दाअघि पनि भण्डारी एमाले निकट अखिल नेपाल महिला संघमा आवद्ध थिईन् । उक्त संघठनमा केही समय अध्यक्षसमेत बनिन् । अनेरास्वबियु, अनेमसंघ हुँदै एमालेको पार्टी राजनितिमा सक्रिय भण्डारी २०५० साल जेठ ३ मा चितवनको दासढुङगामा भएको रहस्यमयी दुर्घटनामा पार्टी महासचिव एवं आफ्ना श्रीमान मदन भण्डारीको निधनपछि पूर्णकालिन राजनीतिमा आवद्ध भइन् ।
२०५० सालमै भएको काठमाडौंको उपनिर्वाचनमा निर्वाचित भएपछि संसदीय राजनितिमा लागेकी भण्डारी नेपालकै पहिलो महिला रक्षामन्त्री, वन तथा वातावरण मन्त्री बन्दै देशकै दोस्रो र पहिलो महिला राष्ट्रपति बन्न सफल भईन् । भण्डारी पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै २०७१ मा काठमाडौंमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
। राष्ट्रपति भएपछि पार्टी राजनितिमा फर्कन खोज्ने विद्यादेवी भण्डारी पहिलो ब्यक्ति भने होईनन् । विश्व राजनीतिलाई हेर्ने हो भने त्यस्ता केहि उदाहरण छन जो राष्ट्रपति भएपछि प्रधानमन्त्री र प्रधानमन्त्री भएपछि राष्ट्रपति भएका थिए , जसमा वर्तमान रुसी राष्ट्रपति देखी श्रीलंकाका पुर्वप्रधानमन्त्री सम्म रहेका छन् ।रुसी भ्लादमिर पुटिन सन् १९९९ देखि २००० सम्म र २००८ देखी २०१२ सम्म् देशको प्रधानमन्त्री भएका थिए । उनै पुटिन सन २०१२ देखि फेरि रुसको राष्ट्रपति रहँदै आएका छन् । श्रीलंकाका महेन्द्रराजपाक्ष पनि सन् २००६ देखि २०१५ सम्म देशका राष्ट्रपति भए । उनै राजपाक्ष सन् २०१९ देखी २०२१ सम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए । विदेशी मात्र होइनन् नेपालमै पनि दुई पटक मुलुकको प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइराला राजदूत बन्न तयार भएका थिए । यी सबै घटनाक्रमलाई हेर्ने हो भने निवर्तमान राष्ट्रपति भण्डारीको पनि सक्रिय राजनितिमा पुर्नरागमन नहोला भन्न सकिन्न ।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

