चितवन–२ उपनिर्वाचन : रवि लामिछानेविरुद्ध भिडाउन बलियो उम्मेदवारको खोजीमा देउवा, मागे जिल्लाबाट नाम
काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनको सन्दर्भमा तयारी थालेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चितवन–२ मा हुने उपनिर्वाचनको विषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।
सभापति शेरबहादुर देउवाले चितवन–२ मा कांग्रेस धेरै बलियो रहेको भन्दै यसपटक पार्टी एक ढिक्का भएर लागिपरे जित हात पार्न सकिने धारणा राखेका थिए । सभापति देउवाले चितवन–२ मा बलियो उम्मेदवार उठाउनुपर्ने बताएका थिए ।
आजको बैठकमा भने सो क्षेत्रमा उम्मेवार हुन चाहने पार्टीका नेताहरूको नाम प्रस्ताव र सिफारिसका लागि केन्द्रीय कार्यालयले उपयुक्त समयमा पार्टीका तल्ला तहलाई निर्देशन दिने निर्णय गरेको छ । यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र पनि खाली भएको छ । पौडेलले पार्टी राजनीतिबाट पनि राजीनामा दिएका छन् । यसअघि उनले सांसद पदबाट पनि राजीनामा दिएका छन् । कांग्रेसले यसपटक तनहुँ–१ भन्दापनि चितवन–२ मा बढि ध्यान दिएको छ ।
सो क्षेत्रमा मंसिर ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेका थिए । उनी नागरिकतासम्बन्धी विवादमा तानिएका थिए । सर्वोच्च अदालतको फैसलापछि उनको सांसद पद खारेजी भएको हो । सोसँगै चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । रास्वपाले भने पूनः सो क्षेत्रबाट सभापति लामिछानेलाई नै चुनावी मैदानमा उतार्ने भएको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

