मेयर रेनु दाहालले भनिन्- ‘ढुक्क हुनुस्, भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ’
काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने बताएकी छन् । बिहिबार आईसीसी लिग–२ अन्तर्गत निर्णायक खेलमा यूएईले दिएको कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपालले जित निकालेसँगै उनले भरतपुरमा क्रिकेट स्टेडियम बन्ने बताएकी हुन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहिबार भएको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मेयर दाहाल पनि पुगेकी थिइन् । उनी पुगेपछि क्रिकेट हेर्न पुगेका समर्थकहरूले भरतपुरमा क्रिकेट स्टटेडियमको माग गर्दै केहीबेर हुटिङ गरेका थिए ।
निर्माण सम्पन्न नभई अलपत्र परेको उक्त अन्तर्राष्ट्रिय स्टेडियमका बारेमा केहीदिनमा खुशीको खबर सुन्न पाउने उनले बताएकी छिन् । सामाजिक सञ्जालमार्फत मेयर दाहालले भनेकी छिन्, ‘ढुक्क हुनुस्, भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ । केहीदिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ ।’
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
