Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

मेयर रेनु दाहालले भनिन्- ‘ढुक्क हुनुस्, भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ’

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, चैत्र, ३
मेयर रेनु दाहालले भनिन्- ‘ढुक्क हुनुस्, भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ’

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने बताएकी छन् । बिहिबार आईसीसी लिग–२ अन्तर्गत निर्णायक खेलमा यूएईले दिएको कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपालले जित निकालेसँगै उनले भरतपुरमा क्रिकेट स्टेडियम बन्ने बताएकी हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहिबार भएको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मेयर दाहाल पनि पुगेकी थिइन् । उनी पुगेपछि क्रिकेट हेर्न पुगेका समर्थकहरूले भरतपुरमा क्रिकेट स्टटेडियमको माग गर्दै केहीबेर हुटिङ गरेका थिए ।

निर्माण सम्पन्न नभई अलपत्र परेको उक्त अन्तर्राष्ट्रिय स्टेडियमका बारेमा केहीदिनमा खुशीको खबर सुन्न पाउने उनले बताएकी छिन् । सामाजिक सञ्जालमार्फत मेयर दाहालले भनेकी छिन्, ‘ढुक्क हुनुस्, भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ । केहीदिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ ।’

Top Changing Nepal

युट्युब सट्स