राहदानी किर्ते मुद्दा : रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी किर्ते मुद्दाको प्रक्रिया अघि नबढाउने निर्णय जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ । प्रहरीको रायसहितको प्रतिवेदन अनुसार सरकारी वकिल कार्यालयले मुद्दा चलाउने आधार नभएको निर्णय गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले विभिन्न आधार र कारणले मुद्दा अघि नबढाउने निर्णय भएको बताए । निर्णयको जानकारी उच्च सरकारी वकिल कार्यालयमा पठाइएको छ ।
उच्च सरकारी वकिल कार्यालयले जिल्लाको निर्णय सदर वा बदर गर्न सक्नेछ । उच्चले पनि जिल्लाकै निर्णय सदर गरेमा महान्यायाधिवक्ताको कार्यालयमा पठाइनेछ । अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयबाटै हुनेछ ।
लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपालको राहदानी लिएको आरोपसहित प्रहरीमा उजुरी परेको थियो । विदेशी नागरिक रहेकै अवस्थामा गलत विवरण दिएर राहदानी लिएकाले छानबिन र कारबाहीको मागसहितको उजुरी अनुसन्धानपछि प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो ।
सर्वोच्च अदालतले यसअघि लामिछानेको नागरिकता निष्क्रिय रहेको र विदेशी नागरिकता त्याग गरेपछि पनि पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको आदेश गरेको थियो । संवैधानिक इजलासको माघ १३ गतेको आदेशपछि लामिछानेको पार्टी सभापति, गृहमन्त्री र सांसद पद गुमेको थियो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

