एमाले संसदीय दलको बैठक सम्पन्न : प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय
जानकारी केन्द्र
२०७९, चैत्र, ६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । यसअघि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
तर, २६ पुषमा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको र राष्ट्रपतिको निर्वाचनमा दाहालले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
र, उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आजै संसद्मा दोस्रो पटक विश्वासको मत लिँदैछन् । त्यसभन्दा अघि बसेको एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

