Jankari Kendra
९ आश्विन २०८३, शुक्रबार
Worldlink

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, ६
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रस्ताव प्रस्तुत गर्न सुरु गरेका हुन्।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला विश्वासको मत दिएको नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरएकै कारण उनले फेरि विश्वासको मत लिन लागेका हुन् । जसका लागि अहिले संसद बैठक बसिरहेको छ ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेश गर्ने प्रावधान छ ।

त्यस अवसरमा उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि गरिएको प्रयासमा सहमत नभएपछि एमाले सहितका राजनीतिक दलहरूसँगको गठबन्धन सरकार टुट्न पुगेको बताए।

Top Changing Nepal

युट्युब सट्स