मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री प्रचण्डलाई सकस, महत्वपूर्ण १० मन्त्रालयमा कांग्रेसको दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही साताभित्र मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । प्रचण्डलाई १० दल र केही स्वतन्त्र सांसदहरुले विश्वासको मत दिएका थिए । प्रधानमन्त्री प्रचण्ड १० दलीय सत्ता गठबन्धनको सहमतिमै मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । अहिले १६ वटा मन्त्रालयको बोझ स्वयम् प्रधानमन्त्रीमा रहेको छ । यतिधेरै मन्त्रालय प्रधानमन्त्रीमा रहँदा दैनिक काम कारबाही नै प्रभावित हुने गरेको भनेर उनको आलोचनासमेत हुन थालेको छ ।
प्रचण्ड निकट स्रोतका अनुसार उनी अहिले मन्त्रालय भागबण्डा मिलाउन छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउँदा कांग्रेसको भागमा ६ देखि ८ मन्त्रालय पर्ने भएपनि कांग्रेसले अहिले १० वटा मन्त्रालयको अडान नछाड्दा प्रचण्डलाई थप सकस परेको छ । अबको दुई दिनभित्र मन्त्रिपरिषद विस्तार भइसक्ने उनी निकट स्रोतको भनाई छ ।
गृह मन्त्रालयमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी रहेको छ । त्यसैगरी, अर्थ मन्त्रालयमा माओवादी र कांग्रेसको दाबी रहेको छ । यद्यपि प्रचण्ड यी दुई मन्त्रालय आफ्नै पार्टीमा राख्न चाहन्छन् । यी मन्त्रालयमा कुरा नमिल्दा प्रचण्डलाई मन्त्रिपरिषद विस्तारमा थप सकस भएको छ ।
गत पुष १० मा नेकपा (एमाले) को समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्ड एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए । उनले गत चैत्र छ गते पुनः विस्वासको मत लिइसकेका छन् ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

