प्रधानमन्त्री दाहाल र देउवाबीच बालुवाटारमा भेटवार्ता, मन्त्रिमण्डल बिस्तारबारे छलफल
जानकारी केन्द्र
२०७९, चैत्र, १३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रिमण्डल विस्तारका लागि भोलि दिउँसो ४ बजे गठबन्धनमा आवद्ध दलको बैठक बोलाउने समझदारी भएको छ। उक्त छलफलमा केहीबेर ढिलोगरी नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि पुगेका थिए ।
प्रधानमन्त्री दाहालले चैत ६ गते दोस्रो पटक विश्वासको मत प्राप्त गरेपछि चैत १० गतेसम्म मन्त्रिमण्डल बिस्तार गर्ने दावी गरेका थिए । सत्तारूढ दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन नसकेको हो ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


