गृहमन्त्रालय नपाएपनि सरकारमा जान रास्वपा तयार, तीन मन्त्रालयमा को-को जाने भए ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय पाउने शर्तमा मात्रै सरकारमा सहभागी हुने अडानबाट पछि हटेको छ। यसअघि सभापति रवि लामिछानेले गृहमन्त्रालय पाएमात्रै सरकारमा जान सकिने अडान राखेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावलाई लिएर रास्वपा सरकारमा सहभागी हुनेबारे सकारात्मक बनेको छ ।
लामिछानेले पुष १० गतेको सहमति कार्यान्वयन र गृहमन्त्रालयको अडान लिएपनि प्रधानमन्त्री दाहालले अहिले राम्रा मन्त्रालय लिएर सरकारमा सहभागी हुन भनेपछि लामिछानेले सकारात्मक जवाफ दिएको बुझिएको छ। प्रधानमन्त्री दाहालले आजरभोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्नेगरि तयारी थालेका छन् । आजमात्रै सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुसँग उनले छलफल गरेका छन् ।
मन्त्रालयको भागबण्डा करिब टुँग्याईएको बालुवाटार स्रोतको दाबी छ । कांग्रेस ८ मन्त्रालयसहित सरकारमा जाने तयारीमा छ । तर, गठबन्धनमा आवद्ध सबै दललाई भागबण्डा मिलाउनुपर्ने भएकोले ७ वटा मन्त्रालय लिएर भएपनि कांग्रेस सरकारमा सहभागी हुनसक्ने चर्चा छ । रास्वपाले भने तीन मन्त्रालय पाउने भएको छ ।
लामिछानेले पार्टीले पाउने तीन मन्त्रालयको बारेमा आज साँझसम्म प्रधानमन्त्री दाहालसँग भेटेर टुँगो लगाउने भएका छन् । उनले तीन मन्त्रालयमा विराजभक्त श्रेष्ठ, सोविता गौतम, डा। चन्दा कार्कीलाई पठाउने योजना बनाएका छन् । तर, क–कसलाई सरकारमा पठाउने भन्नेबारे रास्वपाले बैठक राखेर निर्णय गर्ने भएको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


