चितवन- २ मा रविले गराए उम्मेदवारी दर्ता
काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मनोनयन दर्ता गरेका छन् । सभापति लामिछानेले आज सोमबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर चितवन- २ का लागि मनोनयन दर्ता गराएका हुन् ।
गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सभापति लामिछाने चितवन- २ बाट भारी मतले विजयी भएका थिए । नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहरिएपछि उनको सांसद पद गुमेका कारण उपनिर्वाचन हुन लागेको सो क्षेत्रमा उनले पुनस्उम्मेदवारी दर्ता गराएका हुन् ।
तनहुँ जाने कार्यक्रम भएकाले लामिछानेले आज बिहानै उम्मेदवारी दर्ता गराए। उम्मेदवारी दर्ता गराएर उनी रास्वपाका अर्का उम्मेदवार स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ- १ जाँदैछन् ।
लामिछानेविरुद्ध चितवन- २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ, नेकपा एमालेले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगले सबै दललाई फरक-फरक समय तोकिदिएको छ
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


