उपनिर्वाचनका लागि चैत २३ देखि आचारसंहिता लागू
काठमाडौँ । निर्वाचन आयोगले आगमी १० बैशाखमा हुने उपनिर्वाचनका लागि १० बुँदे आचार संहिता सार्वजनिक गरेको छ । आचार संहिता अनुसार उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा २५ जनाभन्दा धेरैको नारारजुलुस गर्न पाउने छैनन् ।
उनीहरुले आफ्नो पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाउने छैनन् ।
त्यस्तै, उम्मेदवारी दर्ताका क्रममा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तरगतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी उम्मेदवारसँग सहभागि हुन पाउनेछैनन् । उम्मेदवारले मनोनयन दर्ताको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था तथा कुनै पनि परियोजनाको स्रोत, साधन र सम्पति प्रयोग गर्न पाउने छैनन ।
यस्ता छन् आचार संहिता
–मनोननयम पत्र पेश गर्न जाँदा उम्मेदवारले प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने ।
–बाजा, झाँकी तथा निर्वाचन आचारसंहिता–०७९ विपरितका व्यानर, चिन्ह र झण्डसहित जान नहुने ।
–उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने ।
–मनोनयन गर्न जाँदा र मनोनयन स्थालमा उम्मेदरको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिष्पर्धी लक्षीत गालीगलौज र टिकाटिप्पणी गर्न हुने ।
–मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तरगतको कुनै परियोजनाको स्रोत, साधन र सम्पति प्रयोग गर्न नहुने ।
–नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागि हुन नपाउने ।
–उम्मेदवारको मनोनयनको समयमा बालबालिकाको प्रयोग गर्न नहुने ।
–मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा सामाग्री प्रयोग गर्न दिन नहुने ।
–हेलिकोप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नजान नहुने ।
–नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तरगतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागि हुन नहुने ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

