वैदेशिक रोजगारमा गएका नेपालीका समस्याबारे राप्रपा सांसद सिंहले गराए संसद्को ध्यानाकार्षण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले सरकारले अयोग्य लडाकुलाई प्रदान गर्न भनिएको रकमलाई लिएर आपत्ति जनाएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले अयोग्य घोषणा भइसकेका लडाकुलाई दिने रकम विदेशमा अंगभंग भएर नेपाल फर्किएका र विदेशमा मृत्यु भएकाहरुको परिवारलाई राहत स्वरुप दिन आग्रहसमेत गरेका छन् ।
‘सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाड्न थालेको छ । अयोग्य भइसहेको लडाकुलाई पनि पुनः बाड्न थालेको छ । त्यो करोडौं पैसा जो बाकसमा आएका छन्, जो अंगभंग भएका छन् त्यो परिवारलाई, तिनका आमा बुबालाई, तिनका विधवा श्रीमतीलाई र तिनका बच्चाको पढ्न र लेख्नका लागि त्यो राहत बाँड्दियो भने यो सरकारको जयजयकार हुनेछ,’– उनले भने ।
विदेशमा गएर नेपाली कामदारहरुले पैसा नपठाएको भए नेपाल श्रीलङ्का र पाकिस्तान भन्दा पहिला नै असफल राष्ट्र बन्ने उनले टिप्पणी गरे । वैदेशिक रोजगारीमा गएका कामदारले पैसा नपठाएको भए सांसदहरुले तलब भत्तासमेत खान नपाउने उनले बताए ।
‘हाम्रा भाई बहिनीले विदेशबाट पैसा नपठाएको भए श्रीलङ्का भन्दा पहिला, पाकिस्तान भन्दा पहिला सफल राष्ट्र नेपाल भइसक्थ्यो । आज ती हाम्रा भाई बहिनीहरु विदेशमा काम गर्दाखेरी अंगभंग भएर घर फर्केका छन् । दिनको १० १५ वटा बाकसमा सुतेर आइरहेका छन् । त्यो पक्षमा यो सरकारले के सोचेको छ रु’– उनले प्रश्न गरे ।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

