शीतल निवासमा पौडेलको १ महिना मन्दिर जाने र सचिवालय गठनमै सीमित
काठमाडौं । राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले १ महिने समय सचिवालय गठन र मन्दिर दर्शनमै बिताएका छन्।
गत फागुन २९ गते गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रूपमा शीतलनिवास छिरेका पौडेल अझै आफ्नो सचिवालयलाई पूर्णता दिन असफल देखिएका छन्। एक महिनामा पनि सचिवालयलाई व्यवस्थित गर्न नसक्दा एकातिर असन्तुष्टि बढ्दै गएको छ भने अर्कातिर नियुक्ति पाएका व्यक्ति पनि विगतमा पौडेलले लामो समय आफूसँगै काम गरेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता मात्र भर्ना गरेको भन्दै आलोचना सुरु भएको छ।
‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य गर्नेछैन’ भन्दै राष्ट्रपतिमा भोट मागेका पौडेलले सो अवधिमा सवारीका नाममा घन्टौं बाटो बन्द गरेर जनतालाई दुःख दिने विगतको परम्परामा भने सुधारको प्रयास गरेका छन्। सवारी कार्यविधि संशोधनको प्रक्रियामा रहे पनि पौडेलले आफ्नै पहलमा आफ्नो आवतजावतलाई सहज बनाएर सकारात्मक सन्देश प्रवाह गरेका छन्। त्यसलाई निरन्तरता दिन पौडेलका लागि अबको चुनौती रहेको जानकार बताउँछन्।
राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछिका भेटमा पौडेलले संविधानको सीमा र परिधिभित्र रहने प्रतिबद्धता जनाउँदै आएका छन्। संवैधानिक सीमाभित्र रहेर आफ्नो कार्यसम्पादन गर्ने बताउँदै आए पनि सल्लाहकार र सहयोगी नियुक्तिमा भने पौडेल कांग्रेसभन्दा बाहिर जान सकेको देखिँदैन। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापालाई पौडेलले राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

