दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
सियोल । दक्षिण कोरियामा शताब्दीकै सबैभन्दा बढी तापमान रेकर्ड गरिएको छ। सरकारी मौसम विज्ञान निकायका अनुसार दक्षिण कोरियामा आइतबार एक शताब्दीभन्दा बढी समय अघि देखि अभिलेख राख्न थालिए यताकै उच्च तापक्रम मापन गरिएको हो।
कोरिया मौसम विज्ञान प्रशासनले आफ्नो वेबसाइटमा जनाएअनुसार दक्षिण पूर्वी सहर याङसानमा दिउँसो १ः २६ बजे तापक्रम ४२.५ डिग्री सेल्सियसको ऐतिहासिक रेकर्ड गरेको छ ।
याङसान हाल चलिरहेको अत्यधिक गर्मीको लहरको केन्द्रबिन्दु बनेको छ, जहाँ आइतबार लगातार पाँचौं दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।
दक्षिण कोरियाका धेरैजसो भागमा अत्यधिक गर्मीसम्बन्धी चेतावनी जारी गरिएको छ र धेरै सहरहरूमा तापक्रम ३० डिग्री सेल्सियसको माथिल्लो विन्दुसम्म पुगिरहेको छ। आइतबार २० भन्दा बढी क्षेत्रहरू ‘आपतकालीन गर्मी लहर चेतावनी’ को दायरामा थिए । यो बढ्दो तापक्रमको समस्यालाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न यसै वर्ष सुरु गरिएको चेतावनीको नयाँ श्रेणी हो।
कुनै क्षेत्रमा गर्मीको लहर चलिरहेको बेला त्यहाँको महसुस गरिने तापक्रम ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान गरिएको अवस्थामा यस्तो आपतकालीन चेतावनी जारी गरिन्छ।
कोरियाको तथ्याङ्कअनुसार सन् १९७० को दशकमा वार्षिक औसत ८ दिन रहने गर्मीको लहरको संख्या विगत पाँच वर्षमा बढेर १९ दिन पुगेको छ, जुन दोब्बरभन्दा बढी हो।
कोरियामा कम्तीमा ३३ डिग्री सेल्सियस अधिकतम तापक्रम भएको दिनलाई गर्मीको लहरको दिन मानिन्छ भने रातको न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने रातलाई उष्ण रात भनिन्छ। वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि मानवीय गतिविधिका कारण हुने जलवायु परिवर्तनका कारण गर्मीको लहरजस्ता चरम मौसमी घटनाहरू बारम्बार र अझ तीव्र हुँदै गइरहेका छन्।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

