भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
काठमाडौँ । भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले तत्काल अस्थायी आवास उपलब्ध गराउनेदेखि दीर्घकालीन रुपमा नयाँ बस्ती निमार्ण गर्नेसम्मको योजना अघि सारेको छ ।
सरकारी योजनाअनुसार बाढीबाट प्रभावित ८ हजार ६९२ घरधुरीका ३९ हजार ११४ जनालाई पुनःस्थापना गरिनेछ । अहिले होल्डिङ सेन्टरमा राखिएका परिवारमध्ये त्यहाँ बस्न नचाहनेहरुलाई सरकारले घरभाडा उपलब्ध गराइने छ ।
चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैँया र सोभन्दा बढी सदस्य भएका परिवारलाई थप प्रतिव्यक्ति २ हजार रुपैैँयाका दरले भाडमा रकम दिइनेछ ।
त्यस्तैगरी,दशैँअघि नै प्रभावित परिवारलाई क्याप्सुल हाउस हस्तान्तरण गर्ने तयारी छ । भान्छा र शौचालयसहित का १ देखि ३ बीएचकेसम्मका रेडिमेड घर तत्काल तयार गरी बसोबासको व्यवस्था मिलानइनेछ ।
दीर्घकालीन समाधानका रुपमा भने सरकारले दुई वर्षभित्र ल्यान्ड पुलिङ मार्फत टाउनसिप शैलीको एकीकृत बस्ती विकास गर्ने लक्ष्य लिएको छ । बस्ती निमार्णका लागि आवश्यक जग्गा पहिचानको काम सुरु भइसकेको छ ।
निजी जग्गा आवश्यक परे सरकारले खरिद गर्ने तथा सार्वजनिक वा वन क्षेत्र प्रयोग गर्नुपर्ने अवस्थामा सम्बन्धित प्रक्रिया पूरा गरिनेछ । पुनःस्थापनाको क्रममा स्थानीय तह र प्रभावित परिवारको सहभागिता पनि सुनिश्चित गरिने सरकारको भनाइ छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

