भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
काठमाडौँ । भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले तत्काल अस्थायी आवास उपलब्ध गराउनेदेखि दीर्घकालीन रुपमा नयाँ बस्ती निमार्ण गर्नेसम्मको योजना अघि सारेको छ ।
सरकारी योजनाअनुसार बाढीबाट प्रभावित ८ हजार ६९२ घरधुरीका ३९ हजार ११४ जनालाई पुनःस्थापना गरिनेछ । अहिले होल्डिङ सेन्टरमा राखिएका परिवारमध्ये त्यहाँ बस्न नचाहनेहरुलाई सरकारले घरभाडा उपलब्ध गराइने छ ।
चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैँया र सोभन्दा बढी सदस्य भएका परिवारलाई थप प्रतिव्यक्ति २ हजार रुपैैँयाका दरले भाडमा रकम दिइनेछ ।
त्यस्तैगरी,दशैँअघि नै प्रभावित परिवारलाई क्याप्सुल हाउस हस्तान्तरण गर्ने तयारी छ । भान्छा र शौचालयसहित का १ देखि ३ बीएचकेसम्मका रेडिमेड घर तत्काल तयार गरी बसोबासको व्यवस्था मिलानइनेछ ।
दीर्घकालीन समाधानका रुपमा भने सरकारले दुई वर्षभित्र ल्यान्ड पुलिङ मार्फत टाउनसिप शैलीको एकीकृत बस्ती विकास गर्ने लक्ष्य लिएको छ । बस्ती निमार्णका लागि आवश्यक जग्गा पहिचानको काम सुरु भइसकेको छ ।
निजी जग्गा आवश्यक परे सरकारले खरिद गर्ने तथा सार्वजनिक वा वन क्षेत्र प्रयोग गर्नुपर्ने अवस्थामा सम्बन्धित प्रक्रिया पूरा गरिनेछ । पुनःस्थापनाको क्रममा स्थानीय तह र प्रभावित परिवारको सहभागिता पनि सुनिश्चित गरिने सरकारको भनाइ छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
