पशुपतिनाथका चारै ढोका भोलि खुल्दै
जानकारी केन्द्र
२०८३, भाद्र, २८
काठमाडौं । हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । पशुपति क्षेत्र विकास कोषले यस वर्ष भदौ २९ गते (भोलि) परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाएको जानकारी दिएको छ ।
मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था मिलाइएको छ । दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ । ट्राफिक व्यवस्थापनका लागि विशिष्ठ व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको छ ।
सम्बन्धित समाचार
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
