पशुपतिनाथका चारै ढोका भोलि खुल्दै
जानकारी केन्द्र
२०८३, भाद्र, २८
काठमाडौं । हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । पशुपति क्षेत्र विकास कोषले यस वर्ष भदौ २९ गते (भोलि) परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाएको जानकारी दिएको छ ।
मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था मिलाइएको छ । दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ । ट्राफिक व्यवस्थापनका लागि विशिष्ठ व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको छ ।
सम्बन्धित समाचार
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २२ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं २१ गते आइतबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर

