Jankari Kendra
१ आश्विन २०८३, बिहीबार
Worldlink

आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा छ। गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भागका साथै बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति भने देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, र उद्धार तथा राहत कार्यमा असर पर्न सक्ने सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन समेत आग्रह गरिएको छ।

Top Changing Nepal

युट्युब सट्स