प्रधानमन्त्री र लामिछानेबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न लामिछानेले आज बिहान साढे ८ बजे बालुवाटार पुगेका हुन् ।
भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिदै सरकारले गरेको राम्रो कामलाई पार्टीले सहयोग गर्ने बताएका छन् ।
स्रोतका अनुसार जवाफमा प्रधानमन्त्रीले अरू पनि धेरैका फाइल खोल्दै जाने बताउँदै लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए । भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्याउनसमेत लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
यसमा सभापति लामिछानेले आफू सरकारमा नभए पनि भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको कदममा सडकबाटै साथ दिने बताएका थिए।
लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। रास्वपाले वैशाख २२ गते मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

