९८ प्रतिशत नेताहरुलाई जेल हाल्नुपर्छ : रायमाझी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता आलोक रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्राष्ट्रियकरण भइसकेकाले यसमा संलग्न व्यक्तिहरु कारबाहीमा पर्ने विश्वास व्यक्त गरेका छन् । रायमाझीले यसमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पनि तानिने आधार रहेको बताए ।
‘हिजो टोपबहादुर (रायमाझी) जीको पक्राउसँगै रामबहादुर थापा बादलजी पनि तानिने आधार देखिएक छन् । उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनका सुरक्षा सल्लाहकार समातिएका छन् । यस आधारमा उनको संलग्न पुष्टि हुने आधार भेटिन्छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
रायमाझीले नेपालमा सत्तामा सहभागी ९८ प्रतिशत नेताहरु जेल जान तयार हुनुपर्ने औंल्याए । उनले भने, ‘शरणार्थी प्रकरण सुरुवात मात्र हो । यसलाई नै परिणाम मान्नुहुँदैन । सामान्य आधारभूत आवश्यकता पूरा गर्नका लागि नेपाली युवाहरुले ४८/ ५० डिग्रीको घाममा पिल्सिनुपरेको छ । नेताहरु अर्बौ भ्रष्टाचार गरिरहेका छन् । सत्तामा सहभागी ९८ प्रतिशत नेताहरुलाई जेलमा हालेपछि मात्र देश विकास हुन्छ ।’
उनले आफ्नो पार्टी भ्रष्टाचारविरोधी आन्दोलनको अग्रपंक्तिमा भएको पनि दाबी गरे । रायमाझीले भने, ‘जतिबेला नक्कली शरणार्थी प्रकरणमा कोही पनि बोलिरहेका थिएनन्, एक्लै बोल्ने मै थिएँ । मसँगै हाम्रो पार्टी सडक संघर्षमा अग्रपंक्तिमा छ ।’
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

