शान्ति प्रक्रियाको काम ‘हात्ति छिर्यो, पुच्छर अड्कियो’ भयोः मन्त्री गुरुङ
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा बसेको पहिलो बैठकमा मन्त्री गुरुङले शान्ति प्रक्रियाको काम ‘हात्ति छिर्यो, पुच्छर अड्कियो’ बनेको बताएका हुन् । अहिले नेपालको शान्ति प्रक्रियाको कामलाई सारा विश्वले हेरिराखेको उनको भनाई छ । यस विषयलाई छिटो टुंग्याउन आवश्यक रहेको उनले बताए ।
‘वास्तवमा हामीले धेरै लामो यात्रा गरिसकेका छौं । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आएर हामीले सेना समायोजन र संविधानसमेत लेखिसकेका छौं । अब रह्यो हात्ति छिर्यो, पुच्छर अड्कियो भन्ने मैले सुन्ने गरेको थिएँ । त्यस्तै भएको छ, यत्रो काम हामीले गर्यो तर यो शान्ति प्रक्रियाको काम हामीले टुंगोमा पुर्याउन सकेका छैनौं,’– उनले भने ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

