• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • ९ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १० घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १० घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १२ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १२ घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • १३ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • १३ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • १४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • २. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ३. राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर र युरोको भाउमा सामान्य गिरावट

  • ४. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ५. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ६. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ७. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ८. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ९. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • १०. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

किन तारन्तार भेटिरहेका छन् शीर्ष नेताहरु प्रचण्ड, देउवा र ओली ?

जानकारी केन्द्र २०८०, जेष्ठ, २

काठमाडौं । कुनै समयमा एक अर्काको मुख समेत हेर्न नचाहने प्रमुख दलका शीर्ष नेताको भेटघाट एवं छलफल ह्वातै बढेपछि शंकाको नजरले हेरिनथालिएको छ । नेपाली नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान चलिरहेका बेला प्रमुख तीन दलका अध्यक्षबीच पछिल्लो समय दैनिक भेटघाट हुने गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण बारे अनुसन्धान चलिरहँदा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी .एमालें) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाटलाई लिएर संसदमा प्रश्न उठेको छ ।

विभिन्न पार्टीका सांसदले सो भेटघाटलाई शंकाको नजरले हेर्दै प्रश्न उठाएका छन् । उता समाजिक सञ्चालमा समेत सर्वसधारणले शंकाको नजरले हेर्दै प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने दबाब दिँदै आएका छन् ।

सर्वसाधारण एवं विभिन्न दल निकटका भ्रातृसंगठनले काठमाडौंसहित देशका विभिन्न ठाउँमा दिनहुँ जसो दबाब जुलुस निकाल्दै भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै संरक्षण नगर्न चेतावनी दिएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ भन्दा बढी पक्राउ परेका छन् । कतिपय नेताका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको र केही फरार सूचीमा रहेका छन् । आरोपित यिनीहरूका सम्बन्ध शीर्ष नेतासँग छ ।

खाँण कांग्रेस सभापति देउवा निकट नेता हुन् । फिल्मी शैलीमा पक्राउ परेका खाँणलाई अझै नेपाली कांग्रेस पार्टीले कारबाही गरेको छैन । कारबाही किन नगरेको भन्दै कांग्रेसकै नेताहरूले सडकबाटै देउवासँग प्रश्न गरेका छन् ।

देउवा निकट भएकै कारण कारबाही नभएको भन्दै इतर समूहका नेताले कारबाही गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । रायमाझी एमाले अध्यक्ष ओली निकटका हुन् । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनको बचाउँमा ओली उत्रिएका थिए ।

फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । एमालेले उनलाई सचिवको पदबाट हालै निलम्बन गरेको छ । यस्तै, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्धसमेत पक्राउ पुर्जी जारी भएको छ ।

तर, उनी फरार छन् । सुरुमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भइरहेको थियो । तर, जब खाँण पक्राउ परेपछि निरन्तर चलिरहेको सो भेटघाटमा कांग्रेस सभापति देउवा समेत थपिए ।

नक्कली शरणार्थी प्रकरणमा उच्चपदस्थ नेता, छोराछोरी, श्रीमती, कर्मचारी संलग्न भएको पुष्टि हुँदै गर्दा उनीहरूलाई जोगाउन प्रयास भइरहेको हो कि भन्ने शंका सबैको छ । अनुसन्धान अगाडि बढिरहेकै बेला प्रचण्ड, देउवा र ओलीबीच भेटघाट दिनहुँ हुन थालेपछि सांसदले प्रश्न गरेका छन् ।

आइतबार नै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच घण्टौं छलफल भएको थियो । पछि सो छलफलमा दलका प्रमुख सचेतकसहित अन्य केही नेता सहभागी भएका थिए ।

तर, नेताले सो छलफलमा संसदका विभिन्न समितिका सभापति, विचाराधीन विधेयकलबारे छलफल भएको बताएका थिए । सोमबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने सांसदले शीर्ष नेताले किन यो प्रकरणमा अनुसन्धान चलिरहँदा तारन्तार भेट गरिरहेको भन्दै जवाफ माग गरेका छन् ।

बैठकमा कुरा उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिषकुमार झाले विपतको समयमा एक साथ नहुने ठूला दलका नेता किन तारन्तार भेट गरिरहेको भन्दै प्रश्न गरे ।

‘नक्कली शरणार्थी प्रकरण सार्वजनिक भएपछि तीन दलका नेता पटकपटक आपसमा भेट भएको सुनेका छौं । विपतको समयमा यसरी तारन्तार भेटेको सुनिएको थिएन’ उनले भने, ‘अहिले किन भेटिरहेका छन् ?’

उनले आशंकाको घेरामा रहेकाको नाम किस्ताकिस्तामा बाहिर आउने कार्य पनि गलत भएको बताए । उनले यसरी किस्ताकिस्तामा नाम सार्वजनिक हुँदा प्रमाण लुकाउनदेखि आफूविरुद्ध प्रमाणसमेत नष्ट गर्ने मौका प्राप्त भएको दाबी गरे ।

‘शंकास्पदको नाम एकैपटक सार्वजनिक होस्’ उनले भने, ‘पटकपटक गरेर सार्वजनिक गर्ने अनि पक्राउ गर्ने कार्य नहोस् । जसले गर्दा प्रमाण पनि सुरक्षित होस् ।’ उनले यो प्रकरणमा राम्रोसँग कारबाही हुन नसकेमा देश नयाँ आन्दोलनमा जाने बताए ।

‘के देश लामो आन्दोलनको तयारीमा हो ?’ उनले भने, ‘हो भने हामी यसका लागि तयार नै छौं ।’ त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी सार्वजनिक भएदेखि शीर्ष नेताको दौडधुप र भेटघाटले धेरै आशंका जन्माएको बताए ।

नेता यादवले केही दिनयता ठूला तीन दलका नेता निरन्तर भेटिरहेकामा आशंका सिर्जना गरेको भन्दै यसलाई सामान्य घटनाका रूपमा लिन नहुने टिप्पणी गरे । ‘शीर्ष नेताको लगातार भेटघाटले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको छ’ उनले भने, ‘यो सामान्य भ्रष्टाचारको मुद्दा मात्र नभई राष्ट्रद्रोह हो ।’

उनले शीर्ष नेताको भेटले यसलाई सामान्य भ्रष्टाचारको घटनामा रूपान्तरण गर्न सक्ने भन्दै आशंका समेत व्यक्त गरे । ‘यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदै छ, यो सामान्य भ्रष्टाचार मात्र होइन’ उनले भने, ‘यो देशद्रोह हो । यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ ।’

माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि नक्कली शरणार्थी प्रकरणलाई विषयान्तर गर्न नहुने भन्दै सरकारलाई सचेत गराए । उनले भ्रष्टाचारका विषयमा सिंगै देश र अन्तर्राष्ट्रिय जगत् बहसमा भएको भन्दै मानव तस्करसहितको विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने माग गरे ।

‘सम्पूर्ण रूपमा देश यही विषयमा केन्द्रित भएर निष्कर्षमा पु¥याइनुपर्छ’ उनले भने, ‘घटनालाई विषयान्तर गर्ने, कमजोर पार्ने अरू विषयहरू उठाउनु भनेको अन्ततः भ्रष्टाचारलाई नै मद्दत पु¥याउनु हो ।’ उनले मानव तस्करको विषय टुंगोमा पु¥याएर मात्रै सरकारले अर्को फाइल खोल्नुपर्नेमा जोड दिए ।

यसैगरी, एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबारे सदनमा जानकारी गराउन माग गरे । उनले हालसम्म अनुसन्धानमा के प्रगति भएको छ, त्यसको जानकारी संसदमा गराउन माग गरे । उनले सभामुख देवराज घिमिरेसमक्ष सरकारलाई रुलिङको माग नै गरेका थिए ।

प्रतिपक्षी एवं सत्तारूढ दलकै सांसदले संसदमा प्रश्न उठाए पनि शीर्ष नेताबीच सर्वोच्चमा प्रधाननन्यायाधीश नियुक्ति, संसदीय समितिको गठन, विचाराधीन विधेयकलाई अगाडि बढाउने निर्णय शीर्ष तहको बैठकबाट नै भएको छ ।

तर, उनीहरूको भेटलाई लिएर नक्कली शरणार्थी प्रकरणमा आमआशंका भने धेरै भएको छ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्ति कुनै न कुनै रूपमा शीर्ष तहमा जोडिएकाले उनीहरूमाथि आशंका उब्जिएको हो ।

यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा रहेको छ । अब केही दिनमा प्रहरीले अनुसन्धान सकेर फाइल सरकारी वकिललाई बझाउने तयारी गरेको छ । त्यसपछि सरकारी वकिलको कार्यालयले मुद्दाका रूपमा अघि बढाउनेछ ।

शीर्ष नेताको भेटघाटलाई शंकाको नजरले हेर्न थालिएपछि एमाले उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङले शीर्ष तीन दलका नेताहरुबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताउँदै सो प्रकरणमा भइरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताबीच छलफल भएको आइतबार बताएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

ताजा

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.