• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के के मुद्दा लाग्न सक्छ ?

बीबीसी । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आशङ्कामा पक्राउ गरिएका व्यक्तिहरूमाथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आरोपित व्यक्तिहरूमाथि अहिले ठगी र सङ्गठित अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको हो ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित एक दर्जनभन्दा बढी व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । “थप एक जना आफैँ आउनुभएको हो । हामीले पक्राउ पुर्जी जारी गरी समातेर अनुसन्धान गरेको १३ जनामाथि हो,” रिजालले बीबीसी न्यूज नेपालीसँग भने ।

के के मुद्दा चल्न सक्छ ?
ठगी र सङ्गठित अपराधबारे मौजुदा अनुसन्धान केन्द्रित भए पनि नक्कली शरणार्थी प्रकरणलाई हेर्दा अन्य कैयौँ मुद्दा पनि चल्न सक्ने स्वयं प्रहरी अधिकारी र कानूनका जानकारहरूले बीबीसीलाई बताएका छन् । तर त्यो विषय जारी अनुसन्धानको नतिजामा निर्भर गर्ने उनीहरूको तर्क छ ।

“सरकारी कागज किर्तेका कुरा पनि आएका छन् । अनुसन्धान गर्दै जाँदा तथ्यले त्यतातिर डोर्‍याए त्यो पनि हुन सक्ने देखिन्छ,” रिजालले भने । “त्यसैगरी प्रमाणले भ्रष्टाचार भएकोतर्फ डोर्‍यायो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने कुरा पनि रहन्छ ।”

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर उनीहरूबाट पैसा असुल्ने काम भ्रष्टाचार भएको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की बताउँछन् । “राष्ट्र सेवक र सार्वजनिक पद धारण गर्नेहरूमाथि नै भ्रष्टाचारको मुद्दा लाग्ने हो,” बीबीसीसँग उनले भने ।

प्रहरीका अनुसार अहिलेसम्म यो प्रकरणमा ६ जनाले आफूहरूलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने भन्दै रकम उठाइएको बताएका छन् ।

देशद्रोह किन र कसरी ?
विशेष अदालतका पूर्वअध्यक्ष कार्कीका अनुसार नक्कली शरणार्थी प्रकरणबाट “संसारभरि नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने काम गरिएकोले त्यो देशद्रोह पनि हो ।”

अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको बुझाइमा प्रहरीले मुद्दा दायर गरिसकेपछि आयोगले फाइल मगाउन सक्छ र अध्ययन गरी आरोपितहरूमाथि भ्रष्टाचारको मुद्दा चलाउन सक्छ ।

“प्रहरीले के के मुद्दा चलाउँछ त्यो हेरेर आयोगले कदम चाल्न सक्छ,” बीबीसीसँग उनले भने । “आफ्नै नागरिकलाई नक्कली भुटानी बनाएर पठाउने कुरा भएकोले देशद्रोहको पनि मुद्दा लाग्न सक्छ ।”

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीका अनुसार ठगी, सङ्गठित अपराध एवं किर्तेसम्बन्धी मुद्दा प्रहरीको क्षेत्राधिकारमा र भ्रष्टाचारको मुद्दा अख्तियारको क्षेत्राधिकारमा पर्छ ।

“दुई पटक प्रधानमन्त्री भइसक्नुभएका ओलीजीले नेपालमा मानव तस्करीको सङ्गठित अपराध थियो भन्नुले यो मुद्दामा गम्भीरता थपिदिएको छ,” बीबीसीसँग उनले भने ।

“उहाँ (पूर्वप्रधानमन्त्री केपी शर्मा ओली) को अभिव्यक्तिले जारी अनुसन्धानलाई झनै गहिरिएर गर्नुपर्ने देखिन्छ,” पूर्वन्यायाधीश केसीले थपे । नक्कली शरणार्थी प्रकरण ठगी र सङ्गठित अपराधमा मात्र सीमित नहुनेतर्फ पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा पनि बताउँछन् ।

“यसमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि आकर्षित हुन सक्छ र जुन हिसाबले मुलुकको बदनामी भएको छ त्यो हिसाबले यो देशद्रोह पनि हो,” बीबीसीसँग उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पनि यसमा सहमत छिन् । यस बारे उनले सङ्घीय संसद्‌ सचिवालयमा सङ्कल्प प्रस्ताव नै दर्ता गराएकी छन् ।

“ठगी मुद्दाका रूपमा सतहमा आए पनि त्यसमा मात्र यो प्रकरण सीमित छैन,” सङ्कल्प प्रस्ताव दर्ता गराउनुको कारणबारे बीबीसीसँग कुरा गर्दै उनले भनिन् । जघन्य अपराध मानिने मानव तस्करीमा राज्यका जिम्मेवार पदमा बसेकाहरू नै संलग्न हुनुले गम्भीर परिस्थितिको सिर्जना गराएको उनको तर्क छ ।

“जारी अनुसन्धान र अभियोजन प्रक्रिया फितलो नहोस् भन्ने कुराको सुनिश्चितता संसद्‌बाटै होओस् भनेर सङ्कल्प प्रस्ताव दर्ता गराएकी हुँ,” श्रेष्ठले थपिन् । दश वटा प्रश्नसहित आफूले दर्ता गराएको सङ्कल्प प्रस्तावमाथि सभामुखले आवश्यक प्रक्रिया बढाउनुपर्नेमा उनको जोड छ ।

अनुसन्धान कहाँ पुग्यो ?
काठमाडौं प्रहरी परिसरका प्रवक्ता रिजालका अनुसार शुरूतिर पक्राउ गरिएका व्यक्तिहरूको बयान लिने क्रम सकेको छ । “पछिल्लो समयमा पक्राउ परेका व्यक्तिहरूको बयान चाहिँ अन्तिम चरणमा पुगेको छ,” अनुसन्धानको अवस्था बारे उनले भने ।

प्रहरीका अनुसार पछिल्लो समय पक्राउ पर्नेमा एमाले नेता टोपबहादुर रायमाझी पनि रहेका छन् । कानूनतः सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्न पाउने हदम्याद ६० दिन रहेकोमा बुधवार ५४औँ दिन हो । “साठी दिनमध्ये केही समय हामीले सरकारी वकिललाई पनि मुद्दा अभियोजनका लागि दिनुपर्ने हुन्छ । त्यो भएर हामी अन्तिम चरणमा छौँ,” प्रवक्ता रिजालले थपे ।

अनुसन्धानका चुनौती के छन् ?
पूर्वन्यायाधीश केसीका अनुसार अनुसन्धानको हदम्याद प्रहरीका लागि अहिले ठूलो चुनौती भइरहेको हुन सक्छ । “किनभने प्रहरीसँग अब धेरै दिन बाँकी छैन,” उनले प्रस्ट्याए ।

“चाहिने मान्छेहरूलाई मुद्दा नलगाईकनै अनुसन्धान टुङ्गिने सङ्केत देखिएका छन् । उदाहरणका लागि बालकृष्ण खाणलाई नै नियन्त्रणमा लिइएको कैयौँ दिनसम्म पनि बयान लिइएन ।” केही सन्दिग्धले ठूला व्यक्तिलाई रकम बुझाएको बयान दिएका पृष्ठभूमिमा त्यस्ता व्यक्तिसँग सोधपुछ गर्नुपर्नेमा त्यो नगरिएको केसीको ठम्याइ छ ।

पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक शर्मा पनि अनुसन्धान प्रक्रियामा प्रहरीमाथि राजनीतिक वृत्तबाट दबाव हुन सक्ने सम्भावनालाई नकार्दैनन् । “तमाम मतभेदका बीच शीर्षस्थ नेताहरू अहिले पटकपटक बैठक गर्नु भनेको आफ्नालाई बचाउने प्रयास गर्नु हो । त्यसकारण प्रहरीलाई दबाव दिन उनीहरू पछि पर्दैनन्,” उनले भने ।

“तर प्रहरी र सिङ्गो सङ्गठनको छवि जोगाउने यो एउटा ठूलो मौका भएकोले प्रहरीले दबाव सहँदैन भन्ने मलाई विश्वास छ ।” यो एउटा ठूलो प्रकरण भएकोले र ठूला व्यक्तिहरू जोडिएकाले प्रहरीलाई चुनौती रहेको विशेष अदालतका पूर्वअध्यक्ष कार्की पनि बताउँछन् ।

“दबाव परेको प्रस्ट रूपमा देखिन्छ । बहालवाला र भूतपूर्व प्रधानमन्त्रीहरूले बारम्बार बैठकहरू गरिरहेका छन्,” उनले भने । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैको दबावमा नआई निष्पक्ष ढङ्गले अनुसन्धान गर्न निर्देशन दिएको दोहोर्‍याउँदै आएका छन् ।

शरणार्थी प्रकरणमा अहिलेसम्म के-के भयो ?
१ जेठ : आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङटावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित
३१ वैशाख :  सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
३१ वैशाख :  पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप
२७ वैशाख :  पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
२७ वैशाख :  पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन
२० वैशाख : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
२० वैशाख :  रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ
२० वैशाख :  पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरी प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी
१९ वैशाख : तात्कालिक उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
१२ चैत :  नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.