अमर लामालाई किन मारियो ?
किन जेलबाट छुटे पछिको अमर लामाको जिन्दगी साधारण भन्दा पनि साधारण थियो ? अर्थात् दैनिक खानपान देखि बसाई निकै सामान्य नै थियो । कुनै तामझाम थिएन । उनका दुई बच्चाहरुले पनि सामान्य स्कुलमा पढ्थे । श्रीमतीले समय समयमा पसलमा उधारो समेत किन्थिन ।
उनीसँग पैसाको छेलोखेलो कत्तिपनि थिएन । उनको यो कुरा श्रृजना टोलमा बस्ने सबैले आफै वर्षौं देखेका थिए । मैले आफै त्यो कुरा अवलोकन गरेको थिए । उनकी श्रीमतीले त्यो भेषभुषाले प्रत्यक्ष इंगित गरिरहेको थियो ।
त्यति ठूलो हत्यामा संलग्न हुँदा पनि षडयन्त्रकारीहरुले आठ दश लाख समेत लामालाई किन दिएनन् ? बिना लोभ लालच किन हत्यामा संलग्न भए त ?
उनले पैंसा नपाउनुको पछाडि उनी हत्यामा प्रत्यक्ष रूपमा संलग्न थिएनन् तर भण्डारीको अपहरण र आश्रितको ठाउँको ठाउँ हत्या प्रत्यक्ष देखेका हुनु पर्छ शायद ।
त्यो देखें बापत वा सूचना थाहा पाए बापत उनले पाउने कुरा केही थिएन बरु चुप लाग्नु पर्ने सर्त जरूर थियो होला । त्यही अनुरुप उनले प्रहरी हिरासतमा बयान दिन खोजेको देखिन्छ ।
तर यसरी चुप लागेर बस्दा पनि लामालाई किन मारियो ? यसका पछाडि थुप्रै कारणहरू बनाउन सकिन्छ । स्थानीय व्यक्तिलाई प्रयोग गर्ने, प्रयोग पछि उसको पनि हत्या गरिएको विश्वमा थुप्रै प्रकारका नजिरहरु छन् । यहाँ त्यो भन्दा पनि तल्लो स्तरमा ओर्लिएर उनको हत्या गरिएको छ । जब कि घटना भएको वा गराइएको प्रत्यक्ष देख्ने साक्षी मात्र हुन् भन्ने बुझ्न सकिन्छ ।
त्यसो भए, वीरेन्द्रको परिवार सखाप पार्ने बाकी स्थानीय एजेन्टहरु पनि मारिन सुरु हुन्छन् वा हुँदैनन् रु अनि घटना प्रत्यक्ष देखेका पारस शाहहरुको जीवन पनि खतरामा परेको छ ?
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

