गृहसचिव बन्दै, कमाउ धन्दा चलाउँदै
काठमाडौं । निजीमती कर्मचारीहरुले रोज्ने मन्त्रालय भनेको गृह, परराष्ट्र, भौतिक, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य र शिक्षा रहेका छन् । यी मन्त्रालयहरुमा जानको लागि कर्मचारीहरु विभिन्न शक्तिकेन्द्रको पुजारी बन्ने गरेका छन् । त्यसमा पनि पहिलो प्राथमिकता गृह नै मानिन्छ ।
गृह मन्त्रालयमा गएपछि विभिन्न देशदेखि स्वदेश भ्रमणसमेत गर्न पाइने भत्ता, सुविधा पाउनुका साथै सिडियो पनि भइहालिने भएकाले पनि यो मन्त्रालय कर्मचारीको आकर्षणमा पर्ने गरेको छ । त्योसँगै गृहमन्त्रालयमा बिनाकाम हाटा गरेर तलब, सुविधा बुझ्नेहरु पनि प्रशस्तै छन् । यतिबेला नेपालमा चर्चाको विषय बनेको छ गृहमन्त्रालय ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाले पनि गृहमन्त्रालय चर्चाको शिखरमा पुगेको छ । गृहजस्तो सम्वेदनशील मन्त्रालयमा यसरी विवाद चुलिनु भनेको विदेशी सामु आमनेपालीहरुको शिर निहुरिनु हो ।
गृहमन्त्रालयमा बसेर सचिवहरुले नियम कानुनको धज्जि उडाएर आफू शक्तिमा पुग्ने र पुस्तौलाई पुग्ने सम्पत्ति आर्जन गर्ने गरेका छन् । तत्कालीन गृहसचिव महेश्वर न्यौपानले पनि पुस्तौलाई पुग्ने सम्पत्ति आर्जन गरेर गृहबाट बाहिरिएका थिए । त्योसँगै तत्कालीन केपी ओली सरकारले प्रेम राईलाई गृहसचिवमा ल्याएको थियो ।
राईले उमेर हदको कारण सेवाबाट अवकास पाएपछि केपी ओली सरकारले नै उनलाई अख्तियार प्रमुख बनाएको थियो । त्यसपछि टेकनारायण पाण्डे गृहसचिव बनेका थिए । उनलाई पनि अन्यत्र सरुवा गरी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडले विनोद प्रकाश सिंहलाई गृहसचिवमा ल्याएका थिए ।
विनोद प्रकाश सिंह र तत्कालीन आइजीपी धिरज प्रताप सिंहबीच ठूलो द्वन्द्व चर्किएर बोलचालसमेत बन्द भएको थियो । त्योसँगै धिरजले सेवा अवधि ३२ वर्षे बनाउने खेलोमेलो गर्दै गर्दा आइजीपी र गृहसचिवको झगडाले लागु हुन सकेन । त्यसपछि उमेर हदको कारण धिरजले प्रहरी सेवाबाट अबकास पाए ।
त्यतिखेर गृहसचिव विनोद प्रकाश सिंहले नीतिनियमभन्दा बाहिर गएर प्रहरीलाई आवश्यक पर्ने हातहतियार चाइनाबाट गरिद गरेका थिए । उक्त हतियार खरिद गर्दा ठूलो मात्रामा कमिसन खाएको आरोप गृहसचिव सिंहलाई छ । त्यतिबेला उक्त हतियार खरिदमा कमिसन खाएको कुरा गुपचुप राखिएको थियो ।
अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिव विनोद प्रकाश सिंहलाई हटाएर निदेश भट्टराईलाई ल्याएका छन् । भट्टराईले गृहमन्त्री श्रेष्ठलाई राम्रो काम गर्न सघाउँछन् कि कमाउ धन्दामै व्यस्त हुनेहुन् त्यो भने एकिन छैन । भट्टराईले पनि यसअघि विभिन्न मालदार ठाउँमा बसेर अकुत सम्पत्ति आर्जन गरेको स्रोतको दावी छ । तामा कोशी सन्देशमा खबर छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

