नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध होः जितेन्द्र नारायण देव
काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य रहेका जितेन्द्र नारायण देवले भ्रष्टाचार अहिलेको प्रमुख समस्या भएको बताएका छन् । आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा राम्रा काम गर्न सकेको खण्डमा अग्रगमनको बाटो सुरक्षित रहेको उनले बताए ।
‘हाम्रो मुलु्कमा भ्रष्टाचार संस्थागत छ । बु्झ्नुपर्ने कुरा के हो भने अहिले मुलुकको पहिलो समस्या के हो रु अहिले देशको मुल समस्या भनेको भ्रष्टाचार हो । भ्रष्टाचारको सन्दर्भमा सरकारले राम्रो काम गर्न सक्यो भने अग्र गमनको बाटो सुरक्षित भएर अगागि जान्छ । भ्रष्टाचारको बाटोमा खुट्टा कमायो र भ्रष्टाचार बढ्यो भने यही इस्युमा बुई चढेर प्रतिगनम गर्छन । अहिलेको सन्दर्भमा भ्रष्टाचार, सुशासन र सेवा प्रभाव मुख्य हो,’– उनले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही निर्दोष फस्न नहुने र कोही दोषी उम्कन पनि नहुने उनको भनाई छ । नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारमात्रै नभएर राज्यविरुद्धको अपराध भएको उनको भनाई छ । उक्त प्रकरणको छानविनका लागि नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले छाडिदिनुपर्ने, कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राख्न नहुने उनले बताए ।
‘अहिलेको भुटानी शरणार्थी प्रकरणमा कोही निर्दोष फस्न हुन्न, कोही दोषी छुट्न हुन्न । चाहे जोसुकै होस् । यो अनुसन्धानको प्रक्रियामा राजनीतिक हस्तक्षप हुन हुँदैन । यो राज्य विरुद्धको अपराध हो । यो सामान्य भ्रष्टाचारको विषय होइन,’– उनले भने ।
साथै उनले भ्रष्टाचार नियन्त्रणका लागि राज्यले भ्रष्टा नेता, कर्मचारीमाथि निरन्तर निगरानी राख्ने आवश्यक रहेको उनको भनाई छ । कुनै अमुक व्यक्तिलाई लामो समय एउटै संस्थामा राखेको र उक्त संस्थाको नेतृत्व गर्न दिएको कारण नै नेपालमा भ्रष्टाचार मौलाएको उनको ठहर छ ।
साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्त प्रक्रियालाई परिवर्तन गर्नसमेत आवश्यक रहेको उनले बताए । अख्तियारमा नियुक्तिका क्रममा अहिले दल र नेताहरुको प्रभाव रहँदै आएको उनको भनाई छ ।
सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

