पशुपतिको जलहरी पित्तलको हो भनेर संसदमा बोल्नु पागलपनको पराकाष्ठा हो : सूर्य थापा
काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले सत्तारुढ दलका सांसदले पशुपतिको जलहरी पित्तलको हो भनेर संसदमा बोल्नु पागलपनको पराकाष्ठा भएको बताएका छन् ।
संसदमा यस्ता तथ्यहीन, गलत र भ्रामक कुरा नगरेको भए प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाटै माफी माग्नुपथ्र्यो र ? यदि त्यो तथ्य थियो भने रेकर्डबाट हटाइन्थ्यो र ? तथ्य नभएकाले नै माओवादीका सांसदले निहुरीमुन्टो लगाएर बस्नुपरेको होइन र ? पशुपतिको जलहरी पित्तल हो भन्ने बोल्नु त्यो पागलपनको पराकाष्ठा हो । विपक्षी दलको नेतालाई टार्गेट गरेर सत्तापक्षको जिविका हुन्न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
सांसद थापाले पहिले पहिले राणा र राजालाई गाली गरेर क्रान्तिकारी कहलिने सत्तापक्ष अहिले केपी शर्मा ओलीमाथि अनुचित हमला गरेर राम्रो देखिने लिगलिगे दौडमा रहेको आरोप पनि लगाए । उनले भने, ‘केपी शर्मा ओलीले पशुपतिमा पित्तललाई सुनको भनी जलहरी हालेको या ओम्नीमा दुई अर्ब भ्रष्टाचार गरेको साबित गर्न सक्नुहुन्छ ? हुन त उहाँहरुलाई डोकामा सुन बोकेको अनुभव पनि होला । सुन राम्ररी चिन्नुहुन्छ होला तर यसको कुनै औचित्य छैन ।’
पूर्व सभामुख दमननाथ ढुंगानाले सांसदको बोलीमा प्रतिबन्ध लगाउने हो भने संसदको औचित्य छैन भन्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, ‘दमननाथ ढुंगाना सम्मानित व्यक्ति हुनुहुन्छ, पूर्वसभामुख हुनुहुन्छ । तर अहिले धेरै बुढो भइसक्नुभयो । उहाँको बारेमा अहिले टिप्पणी गर्नु आवश्यक छैन ।’
उनले सरकारलाई बजेटका बारेमा सुझाव दिनु भनेको भैंसीका अगाडि बाँसुरी बजाउनुजस्तै भएको टिप्पणी पनि गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल हुनुपर्ने उनले औंल्याए ।
अर्को प्रसंगमा सांसद थापाले पूर्वराष्ट्रपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयक अहिलेका राष्ट्रपतिले प्रमाणीकरण गरे मुलुक दलदलमा फस्ने चेतावनी दिए । उनले भने, ‘प्रधानमन्त्रीले क्याबिनेटबाट संसदमा पठाउनुपर्ने नागरिकता विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुभएको छ । यो प्रक्रिया जान्नुभएको छैन भने प्रधानमन्त्रीले सिक्नुपर्छ । यसलाई प्रमाणीकरण गर्नै मिल्दैन । गर्नुभयो भने मुलुक दलदलमा फस्छ ।’
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

