प्रधानमन्त्रीको भारत भ्रमणमा यी हुन् नेपाल र भारतबीच भएका सम्झौताहरु
काठमाडौं । छिमेकी राष्ट्र भारतको चार दिने औपचारिक भ्रमणमा निस्किएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको टोलीले भारतीय टोलीसँग केही महत्वपूर्ण सम्झौताको समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
हैदरावादमा भएको द्धिपक्षीय छलफलपछि नेपाली प्रतिनिधि मण्डल र भारतीय टोलिबीच तल्लो अरुण तथा फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनीलाई निर्माण गर्न दिने लगायतका विषयमा समझदारी भएको हो ।
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।
शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यसप्रकार छन् :
– सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास
– नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन
– बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन
– अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास
– गोरखपुर – न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास
– सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी
– तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट
– फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट
– क्रस बोर्डर पेमेन्ट समझदारी
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

