संसद्मा राप्रपाको प्रश्न,प्रधानमन्त्री भारत जाने दिननै नागरिकता विधेयक प्रमाणीकरण किन गरियो ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति भत्सना गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने दिननै कसको स्वार्थमा नागकिता विधेयक प्रमाणीकरण गरिएको हो भन्दै सरकारको जवाफ माग गरेका छन् ।
उनले भने ‘बाबु आमाको नागरिकता भएका तर छोराछोरीको उमेर पुगेर पनि हजारौं नागरिकले नागरिकता पाउनु पर्दछ । चाँडो भन्दा चाँडो नागरिकता विधेयकमा संशोधन गर्नुपर्छ भन्नेमा हामी कसैको दुइमत छैन तर अहिले पछिल्लो दिनमा जुन प्रक्रियाबाट र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण भयो त्यस्को राप्रपा घोर भत्सना गर्दछ । हामी दाहोरयाएर भन्न चाहान्छौ यसलाई छिटो भन्दा छिटो प्रक्रियामा ल्याउनुपर्छ । यहि संसद्बाट पास गर्नुपर्छ र अहिले जुन गल्ति गरिएको छ त्यस्लाई सच्याइओस् र राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हाईन् मन्त्रिपरिषदको आज्ञापालक होइन्’ उनले भने ।
त्यस्तै राप्रपाले तीनवटै अदालतबाट जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आम माफी दिइएकोमा आपत्तिसमेत जनाएको छ ।
एमाले,राप्रपा र रास्वपाले निरन्तर अवरोध गरेपछि अहिले संसद् बैठक एक घण्टाका लागि स्थगित भएको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

