पूर्वबाल लडाकुलाई प्रश्न– प्रचण्ड र बाबुरामविरुद्ध तपाईंहरुलाई कसले उचालेको ?
काठमाडौं । पूर्वबाल लडाकु लेनिन विष्टले अस्थायी शिविरबाट निस्केको १३-१४ वर्षसम्म न्याय नपाएपछि सर्वोच्च अदालतको ढोका ढकढक्याउनुपरेको बताएका छन् ।
‘हामी क्यान्टोनमेन्टबाट निस्केको १३-१४ वर्ष भैसक्यो । यतिबेलासम्म न्याय नपाएपछि सर्वोच्च अदालत गएको हौं । विगतको द्वन्द्वमा प्रयोग भएका बालबालिकाको उचित व्यवस्थापन, राहत र क्षतिपूर्तिका निम्ति जानु हाम्रो बाध्यता हो । भविष्यमा कुनै पनि द्वन्द्वमा राजनीतिक दलहरुबाट बालबालिका प्रयोग नहोस् भन्ने पनि हाम्रो माग हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनुपर्छ भनेर तपाईंलाई कसैले उकासेको त होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘माओवादी जनयुद्धमा दसौं हजार बालबालिका प्रयोग भएको छ । ती बालबालिकाबारे अनमिनलाई नै गुमराहमा राखियो । अरु देशमा भन्दा फरक के भने हामीले आफ्नो इस्यु आफैंले उठाएका छौं । आफ्नो अधिकारका लागि लड्ने, अन्याय विरुद्ध लाग्नेलाई त्यसो भन्न मिल्दैन । युद्ध अपराधमा हामीले उहाँहरुको नाम लिएका छौं । दोषी हो कि होइन, त्यो छुट्याउने काम न्यायालयको हो । हामी नेपालबाट बेग्लै नजिर स्थापित गर्न चाहन्छौं ।’
सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हेरिने विषय नभएकाले नै आफूहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन गएको उनको तर्क छ । अपराधीलाई चोख्याएर शान्तिप्रक्रिया टुंगाउने कुरामा आफूहरुको सहमति नभएको पनि उनको भनाइ छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

