नक्कली शरणार्थी प्रकरण : यी ८ जना अभियुक्तको तर्फबाट सकियो थुनछेक बहस
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएर ठगि गरेको आरोपमा पक्राउ परेका र अदालतमा मुद्दा दायर भएका ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारि रहेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहस जेठ ३१ गतेसम्म चल्नेछ । आज पनि नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीको तर्फबाट उनका वकिलले प्रतिरक्षा बहस गरेका छन् । उनको तर्फबाट अधिवक्ताहरु इश्वरी भट्टराई ,अवतार न्यौपाने,बाबुराम दाहाल ,र प्रविण सुवेदीले बहस गरेका थिए । रायमाझी नेकपा एमालेका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा हुन् ।
टोपबहादुर स्वंय पनि यसं प्रकरणमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमै रहेका छन् । उनको तर्फबाट पनि गत शुक्रबार प्रतिरक्षा बहस भएको थियो,जसमा पूर्व महान्यायाधिवक्ता रमेश बडाल,वरिष्ठ अधिवक्ताहरु सुशील पन्त,पर्शुराम अधिकारी तथा अधिवक्ताहरु धर्मराज रेग्मी,आकृती रायमाझी,शोभा पराजूली दलगायतले बहस गर्दै रायमाझी निर्दोष भएको भन्दै साधरण तारेकमा रिहाइ गर्न माग गरेका थिए ।
आज सन्दीपको तर्फबाट बहस सकिएपछि पुर्वगृह सचिव टेकनारायण पाण्डेको तर्फबाट प्रतिरक्षा बहस सुरू हुने बताइएको छ । यस प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका १८ जना अभियुक्तमध्ये हालसम्म टोपबहादुर रायमाझी,सन्दीप रायमाझी,सानु भण्डारी,टंकबहादुर गुरुङ,केशव दुलाल,सन्देश शर्मा,इन्द्रजित राई र सागर राईको तर्फबाट प्रतिरक्षा बहस सकिएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

