बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट नसच्याए सरकार ढल्ने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले सत्ता गठबन्धन ५ वर्ष चलाउने प्रयास भइरहेको बेला बजेट यथास्थितिमा पास गर्ने गरी अघि बढे सरकार ढल्न सक्ने बताए ।
‘बजेट प्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ,’ उनले भने, ‘अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा जान्छ ।’ यसमा अर्थमन्त्रीले लचकता देखाउनु पर्ने उनको भनाइ छ ।
‘तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ,’ उनले भने, ‘ चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ । मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ । यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ ।’ डडेलधुरा, गोरखा र नुवाकोटमा मात्रै बजेट केन्द्रित भएको उनले बताए ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

