• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • ८ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • ११ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १३ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १३ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १४ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १५ घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • १६ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • १६ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • २. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • ३. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ४. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ५. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ६. अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

  • ७. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ८. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • ९. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

  • १०. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

मेयर बालेनको ‘बोल्ड डिसिजन’, अनुमति बिनै सञ्चालित दुई अस्पतालमा ताला

जानकारी केन्द्र २०८०, जेष्ठ, ३०

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा अस्पतालमा ताला लगाएको छ । महानगरले दर्ता नै नगरी सञ्चालनमा रहेका दुईवटा अस्पतालमा ताला लगाएको हो । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो ।

स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने स्थान दर्ता नै नभएको पाइएपछि बन्द गराएको महानगरका जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताएका छन् । बन्द गरिएका दुवै अस्पताल १५/१५ शय्यामा सञ्चालन भएका हुन् । चाइनिज पिपुल्स अस्पतालमा अक्युपङ्चर र पाइल्सको उपचारका लागि मानिसहरु आउने गरेका थिए । त्यस्तै, सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको आउने गरेका बताइएको थियो ।

विभागले लक्षित वर्गलाई उपलब्ध गराउनुपर्ने सेवा उपलब्ध गराएको नगराएको बारे नियमित निगरानी र अनुगमन गरिरहेको छ । यही जेठ पहिलो साता नै कामपाको प्रमुख बालेन्द्र साहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न आफ्नो क्षेत्रभित्रका अस्पतालहरूलाई निर्देशन दिनुभएको थियो ।

साहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७०, (घ) मा भएको व्यवस्था स्मरण गराउँदै कामपाको अधिकार क्षेत्रमा केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था छन् । विद्यमान स्वास्थ्य सम्बन्धी ऐन, कानुन र मापदण्ड पूर्ण कार्यान्वयन गराउन प्रभावकारी कदम चाल्न विभिन्न क्षेत्रबाट सुझाव प्रप्त भएको प्रमुख साहको भनाइ छ ।

उक्त सुविधा दिनका लागि महानगर क्षेत्रभित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, अस्पतालजन्य फोहरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणका लागि सिफारिस नगर्नेजस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन पनि सम्बन्ध भएका सबै निकायलाई कामपाले यसअघि नै निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

ताजा

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.