वामपन्थी शक्तिहरुलाई समेटेर नयाँ नेकपा बनाउने प्रचण्डको उद्घोष
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ नेकपा बनाउने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा हुँदै नेकपासम्म पुग्ने लक्ष्य रहेको बताएका हुन् ।
‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो ।’ प्रधानमन्त्री प्रचण्डले भने ‘हिजोको एकता कायम राख्न सम्भव भएन। तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन । फेरि एकताका लागि पहल गर्नुपर्नेछ।’
समाजवादी मोर्चा बनाउनका लागि माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादव लगायतका नेताहरुबीच छलफल भइसकेको र केही दिनमा नै समाजवादी मोर्चा घोषणा हुने उनको दाबी छ । एमालेका केही नेता कार्यकर्ताले समेत एकताको पक्षमा मत जाहेर गरेको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।
आज नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म सच्चा वामपन्थीहरुका बीचमा एकता र ध्रुवीकरणको आवश्यकता रहेको बताएका थिए । वामपन्थी एकतालाई अगाडि बढाउन पर्छ भन्ने सोचमा आफू अगाडि बढेको र सोही अनुसार काम भइरहेको उनको भनाई थियो । निकट भविष्यमै यसको परिणाम देखिने प्रचण्डले बताए ।
‘समाजवादीहरुको, समाजवादी क्रान्ति र समाजवादी आन्दोलनका पक्षधरहरुको एउटा बृहत्तर मोर्चा बनाउने तयारीमा छौं । विचारको हिसाबले अबको नेपालको समाजवादी क्रान्तिको बाटो कस्तो भन्ने कुराको हामी खोजी गर्दै छौं । हामी अगाडि बढ्दै छौं ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सकेसम्म सच्चा वामपन्थीहरुका बीचमा एकता र ध्रुवीकरणको आवश्यकता छ र त्यसलाई अगाडि बढाउन पर्छ भन्ने पनि हामीले सोचिराखेकै छौं । हामीले समाजवादी मोर्चा निर्माणको पक्रियालाई पनि अगाडि बढाएका छौं । मलाई लाग्छ, तपाईँ हामी सबैले छिट्टै परिणाम देख्नेछौं ।’
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

