शंकर पोख्रेलले किन भने–एक हातले ताली बज्दैन ?
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अहिले परिवर्तन नेता की कार्यकर्ता को हुनुपर्ने हो ? भनेर बहस चलाउन खोजिएको उल्लेख गर्दै सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान भएको उल्लेख गरेका छन् । उनले सोहीअनुसार नेता, कार्यकर्ता र समाजपनि भएको उल्लेख गरेका छन् । उनले एक हातले ताली नबज्ने उखान पनि स्मरण गराएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-“यतिवेला परिवर्तन हुनुपर्ने को ? नेता कि कार्यकर्ता भनेर बहस चलाउन खोजिदै छ । सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान हो । अनि सोही अनुसार नेता, कार्यकर्ता र समाज पनि हो । भनिन्छ एक हातले ताली बज्दैन ।”
यस्तै, उनले एमालेले मधेश प्रदेश सरकारमा जसपाका नेतृत्वको सरकारलाई विश्वासको मत दिनुको कारण पनि खुलाएका छन् । उनले राजनीतिक अस्थिरताका विरुद्धमा आफ्नो दलले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएको स्पष्ट पारेका छन् । साथै, बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने आफूहरुले अपेक्षा राखेको बताएका छन् ।
यसबारेमा पनि उनले फेशबुकमा लेखेका छन्-“जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर वाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिवेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती वन्न पुगेको छ ।”
सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

