शंकर पोख्रेलले किन भने–एक हातले ताली बज्दैन ?
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अहिले परिवर्तन नेता की कार्यकर्ता को हुनुपर्ने हो ? भनेर बहस चलाउन खोजिएको उल्लेख गर्दै सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान भएको उल्लेख गरेका छन् । उनले सोहीअनुसार नेता, कार्यकर्ता र समाजपनि भएको उल्लेख गरेका छन् । उनले एक हातले ताली नबज्ने उखान पनि स्मरण गराएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-“यतिवेला परिवर्तन हुनुपर्ने को ? नेता कि कार्यकर्ता भनेर बहस चलाउन खोजिदै छ । सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान हो । अनि सोही अनुसार नेता, कार्यकर्ता र समाज पनि हो । भनिन्छ एक हातले ताली बज्दैन ।”
यस्तै, उनले एमालेले मधेश प्रदेश सरकारमा जसपाका नेतृत्वको सरकारलाई विश्वासको मत दिनुको कारण पनि खुलाएका छन् । उनले राजनीतिक अस्थिरताका विरुद्धमा आफ्नो दलले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएको स्पष्ट पारेका छन् । साथै, बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने आफूहरुले अपेक्षा राखेको बताएका छन् ।
यसबारेमा पनि उनले फेशबुकमा लेखेका छन्-“जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर वाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिवेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती वन्न पुगेको छ ।”
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

