कांग्रेसको वृक्ष पहेँलो भयो, अब नयाँ पालुवा पलाउँछः महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शीर्ष नेताहरुले आवेशलाई नियन्त्रण गर्न सकेमामात्रै स्थानीय स्तरसम्म राम्रो सन्देश जाने बताएका छन् । आज (शनिबार) नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेतृत्वमा देखिएको आवेग कार्यकर्तासम्म पुग्ने भएकाले संवेदनशील हुन आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा बोल्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले उठेर विरोध जनाएको प्रसंग जोड्दै उनले भने, ‘मलाई अचम्म लाग्छ, यो देशको प्रधानमन्त्री बोल्दै गर्दा पूर्व प्रधानमन्त्री उभिनु हुन्छ । किन भन्दाखेरी विरोध गर्नलाई । त्यो कति सोभनीय विषय छ ? त्यो कति आवेगको विषय छ ? त्यसैले आवेग जब त्यो तहको नेतृत्वबाट आउँछ तब कार्यकर्तामा आवेग पुग्छ नै ।’
आवेगलाई राजनीतिबाट मुक्त गर्नका लागि कांग्रे, एमाले, माओवादी लगायतका नयाँ दलका नेतृत्व पंतिले सोच्न पर्ने उनको भनाई छ । नेता, कार्यकर्ता र युवाहरुमा देखिएको आवेगले यो देशमा केही हुँदैन भन्ने भाष्य स्थापित गरेको उनले बताए । तर, वास्तविकता त्यस्तो नभएको र अपेक्षाकृत उपलब्धी नभएपनि क्रमिक रुपमा विकास भइरहेको उनको भनाई छ ।
कांग्रेसभित्र नवीन शैलीले पनि प्रवेश पाइसकेको उनको भनाई छ । कांग्रेसका पुराना वृक्ष पहेँला भएपछि नै नयाँ पालुवा पलाउने उनको दाबी छ । ‘नेपाली कांग्रेसभित्र पुरानो शैली पनि छ, नवीन शैली पनि छ । त्यहीभित्र पुरातनता पनि छ र नवीनता पनि छ । नेपाली कांग्रेसभित्र वृक्ष पुरानो भएपछि, पहेँलो भएपछि नयाँ पालुवा पलाउँदै जान्छ । समस्या पनि छ र समाधान पनि नेपाली कांग्रेसभित्रै छ,’– उनले भने ।
नेपाली कांग्रेसको चाँडै बैठक बसेर राष्ट्रव्यापी अभियान सुरु गर्ने उनले बताए । अब नेपाली कांग्रेस पार्टी संग्लिने र तङ्ग्रिने उनको विश्वास छ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


