‘रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, अरुको वर्षौं लाग्ने ?’
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले नागरिकसँग न्यायोचित व्यवहार गर्न नसकेको बताएका छन्। नागरिकता नपाएर धर्नामा बसेका जन्मसिद्ध नागरिकका छोराछोरीमाथि राज्यले प्रहरी दमन गरेको उनले बताए । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अदालतमा विचाराधीन रहेको नागरिकता विधेयक छिट्टै समाधान गर्न पर्ने उनको माग छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला गरेको अदालतले अरु मुद्दा फैसला गर्न वर्षौ लागाएर राजनीति गरेको उनको आरोप छ । ‘रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, अरुको मुद्दामा वर्षौ लाग्ने । अदालतले पनि राजनीति गरेको छ,’– उनले भने ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयनमा नल्याउन सर्वोच्चले आदेश जारी गरेको छ । नेपालको संविधान २०७२ मा जारी भएको यति लामो समय वितिसक्दा पनि नागरिकता ऐन बन्न नसक्दा जन्मका आधारमा नेपाली नागरिकता पाएको बाबुआमाका पाँच लाखभन्दा बढी सन्तानहरु नागरिकता पाउनबाट बञ्चित छन् ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

