बालेनलाई कानुनी दायरामा ल्याउनुपर्छ : कांग्रेस नेता
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले गत शनिबार संखुवासभामा गएको अल्कपनीय बाढीपहिरोका पीडितलाई अविलम्ब राहत र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् ।
‘गत शनिबार गएको बाढीपहिरोले कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथरमा क्षति पुगेको छ । त्यसमा पनि सबैभन्दा बढी संखुवासभामा १७ जना मानिस बेपत्ता भएका छन् । खोलामा ठूला ढुंगा र लेदोका कारण कहाँ बगाएर लग्यो, पत्ता लाग्न सकेको छैन । दुई जनाको शव मात्र पाएको छ । एक जनाको खुट्टामात्र प्राप्त भएको छ । तीन जना घाइतेको उपचार भइरहेको छ । बाँकीको खोजी कार्य जारी छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
बाढीपहिरोका कारण २२ वटा घरमा क्षति पुगेको पनि सांसद खड्काले बताए । उनले भने, ‘बाढीपहिरोमा घरबार गुमाएका परिवारलाई अन्यत्र सारेर त्रिपालको व्यवस्था भएको छ । हिजो मात्र काठमाडौंबाट घरजस्तो टेन्ट आएको छ । पछि घर बनाउन रकम दिने कुरा भएको छ ।
सांसद खड्काका अनुसार संखुवासभामा दुइटा पक्की, दुइटा झोलुङ्गे पुल बगाएको छ भने तीनवटा पुलमा आंशिक क्षति पुगेको छ भने एउटा निर्माणाधीन पुलमा समेत आंशिक क्षति पुगेको छ ।’ तत्काल पुल निर्माणका लागि सहरी विकास र भौतिक योजना मन्त्रालयबीचमा समन्वय गरी भौतिक योजना मन्त्रालय अन्तर्गत छिटो काम गर्न दबाब दिएको पनि उनले बताए ।
कांग्रेस नेता खड्काले संखुवासभामा झन्डै १५०० सय रोपनी खेत पुरेको बताए । उनले भने, ‘संखुवासभाका फिदिम, धर्मदेवी, मादी नगरपालिकाका किसान प्रभावित छन् । सिँचाइ कुलो यसपालि बर्खामा बन्न नसक्ने अवस्था छ । यसले आउने दिनमा भोकमरी निम्तिने चिन्ता बढेको छ । एउटा मात्र खेत भएका किसानको सर्वस्व भएको छ ।’ मकालुतिर अवरुद्ध बाटो खुलाउन सडक विभागले पहल गरिरहेको पनि उनले बताए ।
संखुवासभाका जलविद्युत् आयोजनामा झन्डै तीन अर्बको क्षति भएको पनि खड्काले बताए । उनले भने, ‘संखुवासभा धेरै हाइड्रोपावरहरु बनिरहेको जिल्ला हो । तीनवटा ध्वस्त भएका छन् । बत्ती बालिसकेको एउटा जलविद्युत् आयोजनामा मात्रै डेढ अर्ब खर्च भएको छ । ९० प्रतिशत काम भएको अर्को जलविद्युत् आयोजनामा एक अर्बको क्षति भएको छ ।’
उनले बाढीपहिरोपीडितको खोजी, उद्धार र राहतमा सरकारले तदारुकता लिएको पनि बताए । उनले भने, ‘बाढीपहिरोपीडितको खोजी, उद्धार र राहतमा सरकारले तीव्रता दिएको छ । प्रधानमन्त्री र मन्त्री स्वयं पुग्नुभयो । म क्षति भएका सबै ठाउँ पुगेको छु । सरकारको तदारुकतामा कमी छैन । म सरकारलाई धन्यवाद दिन्छु । अकल्पनीय घटना भएकाले खोजी अनुमान पुरियो भन्ने डोजरले बाटो निर्मँण गर्दा समस्या आएको छ । खेत गुमाएका किसानलाई सरकारले तत्काल क्षतिपूर्ति उपलब्ध गराओस् भन्ने मेरो माग छ ।’
अर्को प्रसंगमा कांग्रेस सांसद खड्काले सरकारले स्थायित्व नपाउने हो कि भन्ने चिन्ता बढे पनि तुरुन्त नयाँ गठबन्धन नबन्ने ठोकुवा गरे । बजेटका कारण सरकारले नै ढल्ने अवस्था नभएको पनि उनले बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतको फैसला मान्दिन भन्नुभयो नि भन्ने पत्रकार धमलाको जिज्ञासामा खड्काले भने, ‘यो बालेनको उदण्डता हो । स्थानीय सरकारमा बसेको जिम्मेवार मान्छेले राज्य, कानुन, संविधान, व्यवस्था मान्दिनँ भन्न मिल्छ ? यसरी देश चल्दैन । उहाँलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

