गृहमन्त्री श्रेष्ठले गरे रविको प्रशंसा,समर्थनमा ठोके रास्वपा सांसदले टेबल
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् ।
आइतवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिन रोष्टममा उभिएका श्रेष्ठले लामिछानेले गृहमन्त्री रहँदा सरुवा बढुवाको कार्यमा कोही कसैको दवावमा नपरेर कानून बमोजिम आफ्नो अधिकार प्रयोग गरेको भन्दै धन्यवाद दिँदै प्रशंसा गरेका थिए ।
मन्त्री श्रेष्ठले भने– ‘म भन्दा ठीक अगाडि गृहमन्त्रालयको कार्यभार सम्हाल्नुभएका माननीय सदस्यलाई पनि धन्यवाद दिन चाहन्छु । मैले बुझे अनुसार पदस्थापन र सरुवाजस्ता विषयहरुमा उहाँले पनि एउटा निश्चित मापदण्डका आधारमा काम अगाडि बढाउने दवाव र चलखेललाई भूमिका खेल्न नदिने स्थिति कायम गर्नुभएको थियो । सहिलाई सहि भन्नुपर्छ हामीले उहाँले त्यो संस्कृति देखाउनुभएको थियो । त्यसका निम्ति म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’
गृहमन्त्री श्रेष्ठले प्रशंसा गरेर बोलिरहँदा रवि लामिछाने र रास्वपाका सांसदहरुले समर्थनमा टेबल ठोकेका थिए ।
श्रेष्ठ गृहमन्त्री हुनु भन्दा अगाडी रास्वपाका सभापति लाछिाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । अदालतले नागरिकता विवादमा उनको सांसद पद खारेज गरेपछि उनी मन्त्रीबाट बाहिरिएका थिए ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
