कोसी प्रदेशमा तटस्थ बस्दैनौं, विपक्षमा मतदान गर्छौं : जसपा नेता
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वकृषि मन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले किसानका लागि गर्नुपर्ने काम गरे मात्र धान दिवस मनाउनुको सार्थकता हुने बताएका छन् ।
‘धान दिवस अन्तर्राष्ट्रिय रुपमै मनाइन्छ । नेपालमा मनाउन थालेको पनि २० वर्ष भयो । तर धान दिवस भन्दै हिलो छ्याप्ने, फोटो खिच्ने, रमाइलो गर्ने, मिडियाबाजी गर्ने मात्र काम भयो । राज्यले किसानका लागि जे जे गर्नुपर्छ, त्यो गर्न सकेको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पूर्वमन्त्री यादवले धान उत्पादनका लागि आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था राज्यका तर्फबाट हुन नसकेको औंल्याए । उनले भने, ‘म पनि तीन महिना मन्त्री भएको थिएँ । केही काम गर्न खोज्या थिएँ । तर देखिने काम गर्न सकिएन । राज्यले मल, बीउ सिँचाइमा ध्यान दिन सकेको छैन । सरकारले किसानको प्रत्यक्ष सरोकार जोडिएको दुग्ध उत्पादक बोर्ड खारेज गर् यो । एक जना कृषि मन्त्री बिचराले के गर्न सक्छ ? पर्याप्त बजेट चाहियो नि ।’
उनले सिँचाइ विभागलाई कृषि मन्त्रालय अन्तर्गत राख्नुपर्ने पनि बताए । यादवले भने, ‘हाम्रो कृषि आकाशे पानीको भरमा छ । सिँचाइ विभाग ऊर्जा तथा जलस्रोत मन्त्रालय छ । अब सिँचाइलाई कृषिसँग नजोडीकन हुन्न । भेरी बबई, सुनकोसी मरिन डाइभर्सन कहिले बन्ने हो, थाहा छैन । सेक्टर सिँचाइ आयोजना फेरि लागू गर्नुपर् यो ।’
रासायनिक मलको बजेट यसपालि १६, १७ अर्बबाट ३० अर्ब बनाइए पनि अहिलेसम्म किसानले मल नपाएको पनि यादवले बताए । उनले भने, ‘बजेट दिएर मात्र त भएन नि । सार्वजनिक खरिद ऐनका कारण समस्या छ । वितरण प्रणाली ठीक छैन ।’
अर्को प्रसंगमा यादवले कोसी प्रदेशको सरकारलाई जसपाले विश्वासको मत नदिने दाबी गरे । उनले भने, ‘कोसी प्रदेशमा पहिचानको आन्दोलन भइरहेको छ । हाम्रो पार्टी त्यसको समर्थनमा छ । त्यसैले हामी विपक्षमा मतदान गर्छौं । तटस्थ बस्दैनौं । अहिलेको सरकार ढल्छ । मध्यावधि हुन्छ वा के हुन्छ, त्यो पछिको कुरा हो ।’
मुख्यमन्त्री हिक्मत कार्कीले जसपालाई दुई मन्त्रालय दिने लोभ देखाउनुभयो भनिन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘कोसी प्रदेशमा जसपाको एकजनामात्र सांसद हो । दुईवटा मन्त्रालय लिएर के गर्ने ? निर्मला तावाजी मन्त्री त पहिले पनि हुँदै हुनुहुन्थ्यो नि ।’
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
