कोसी प्रदेशमा तटस्थ बस्दैनौं, विपक्षमा मतदान गर्छौं : जसपा नेता
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वकृषि मन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले किसानका लागि गर्नुपर्ने काम गरे मात्र धान दिवस मनाउनुको सार्थकता हुने बताएका छन् ।
‘धान दिवस अन्तर्राष्ट्रिय रुपमै मनाइन्छ । नेपालमा मनाउन थालेको पनि २० वर्ष भयो । तर धान दिवस भन्दै हिलो छ्याप्ने, फोटो खिच्ने, रमाइलो गर्ने, मिडियाबाजी गर्ने मात्र काम भयो । राज्यले किसानका लागि जे जे गर्नुपर्छ, त्यो गर्न सकेको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पूर्वमन्त्री यादवले धान उत्पादनका लागि आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था राज्यका तर्फबाट हुन नसकेको औंल्याए । उनले भने, ‘म पनि तीन महिना मन्त्री भएको थिएँ । केही काम गर्न खोज्या थिएँ । तर देखिने काम गर्न सकिएन । राज्यले मल, बीउ सिँचाइमा ध्यान दिन सकेको छैन । सरकारले किसानको प्रत्यक्ष सरोकार जोडिएको दुग्ध उत्पादक बोर्ड खारेज गर् यो । एक जना कृषि मन्त्री बिचराले के गर्न सक्छ ? पर्याप्त बजेट चाहियो नि ।’
उनले सिँचाइ विभागलाई कृषि मन्त्रालय अन्तर्गत राख्नुपर्ने पनि बताए । यादवले भने, ‘हाम्रो कृषि आकाशे पानीको भरमा छ । सिँचाइ विभाग ऊर्जा तथा जलस्रोत मन्त्रालय छ । अब सिँचाइलाई कृषिसँग नजोडीकन हुन्न । भेरी बबई, सुनकोसी मरिन डाइभर्सन कहिले बन्ने हो, थाहा छैन । सेक्टर सिँचाइ आयोजना फेरि लागू गर्नुपर् यो ।’
रासायनिक मलको बजेट यसपालि १६, १७ अर्बबाट ३० अर्ब बनाइए पनि अहिलेसम्म किसानले मल नपाएको पनि यादवले बताए । उनले भने, ‘बजेट दिएर मात्र त भएन नि । सार्वजनिक खरिद ऐनका कारण समस्या छ । वितरण प्रणाली ठीक छैन ।’
अर्को प्रसंगमा यादवले कोसी प्रदेशको सरकारलाई जसपाले विश्वासको मत नदिने दाबी गरे । उनले भने, ‘कोसी प्रदेशमा पहिचानको आन्दोलन भइरहेको छ । हाम्रो पार्टी त्यसको समर्थनमा छ । त्यसैले हामी विपक्षमा मतदान गर्छौं । तटस्थ बस्दैनौं । अहिलेको सरकार ढल्छ । मध्यावधि हुन्छ वा के हुन्छ, त्यो पछिको कुरा हो ।’
मुख्यमन्त्री हिक्मत कार्कीले जसपालाई दुई मन्त्रालय दिने लोभ देखाउनुभयो भनिन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘कोसी प्रदेशमा जसपाको एकजनामात्र सांसद हो । दुईवटा मन्त्रालय लिएर के गर्ने ? निर्मला तावाजी मन्त्री त पहिले पनि हुँदै हुनुहुन्थ्यो नि ।’
सम्बन्धित समाचार
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

