• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक २६, २०८२
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ५. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ७. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ८. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ९. नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘कांग्रेसले अहिलेको सरकारलाई समर्थन गर्दिन भन्यो भने सिद्धिएन ?’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई बजेटको खड्गो हुँदै नभएको बताएका छन् ।
‘बजेटमा विवाद भएको होइन, बजेट संशोधन गर्ने कि नगर्ने भन्ने विवाद थियो । बेलायतको पुरानो सय वर्ष पुरानो चलन भन्दै स्याल हुइँया मच्चाइयो । सरकारले चाहेमा बजेट संशोधन गर्न सक्थ्यो । बेलायतमा पनि बजेट संशोधन हुन्छ । प्रचण्डको सरकारलाई कुनै खड्गो थिएन,’ छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता बिडारीले गठबन्धन सरकार भएकाले प्रधानमन्त्री प्रचण्डले रफ्तार लिन नसकेको औंल्याए । उनले भने, ‘यो एकल पार्टीको सरकार होइन । सरकारमा गठबन्धन छ । शक्तिशाली पार्टीले निहुँ खोजे सरकार ढल्छ । कांग्रेसले अहिलेको सरकारलाई समर्थन गर्दिन भने सिद्धिएन ? विकास निर्माण, अर्थव्यवस्था, सुशासनमा काम भइरहे पनि त्यो हाई स्पिडमा जान नसकेको त्यही कारण हो । गठबन्धनको चित्त बुझाई बुझाई काम गर्नुपर्ने अवस्था छ ।’
सरकारको कामकारबाही आलोचनायोग्य नभएको पनि बिडारीले बताए । उनले भने, ‘प्रधानमन्त्रीले जादु गर्ने हो र ? नेपाल गरिब भएको आज हो र ? नेपालको राजनीति आज गडबड भएको हो र ? फोहोर थुप्रिएको अहिले हो र ? मैले एकदम राम्रो भएको भन्या होइन, राम्रो गर्नेतिर उन्मुख भएको भन्या छु । यसले आशा जगाएको छ । सरकारको काम आलोचनायोग्य होइन, प्रशंसायोग्य नै छ ।’
सरकारको कामकारबाहीबाट भ्रष्टाचारीहरु अत्तालिएको बिडारीको दाबी छ । साथै उनले अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने परिस्थिति नभएको बताए । बिडारीले थपे, ‘हाम्रो भनाइ कम्तीमा दुई अढाइ वर्ष प्रचण्ड सरकारमा बस्नुपर्छ भन्ने हो । तर गठबन्धनको सरकार पाँचै वर्ष चल्नुपर्छ ।’
प्रदेशले ‘हाई फाई’ गर्दा संघीयतामाथि नै खतरा बढेको आरोप पनि बिडारीले लगाए । उनले भने, ‘प्रदेशमा संविधानले दिएको अधिकारभन्दा पनि बढी हाईफाई, ढ्याइँढ्याइँ, ढुइँढुइँ र रजाइँ बढ्ता भो । केन्द्रकै सिको गरेर सांसदलाई बजेट बाँड्न थाल्नुभो, मन्त्रालय टुक्र्याउन थाल्नुभो । मोटर धरै चढ्नुभयो । खर्च धेरै गर्नुभो । अनि मान्छेले भन्ने बाटो पाएका छन् । यस्तै गर्नुभो भने संघीयतालाई खतरा हुन्छ । संघीयतालाई खतरा केन्द्रबाट होइन, प्रदेशबाटै छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    लोकप्रिय

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    • नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    • क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
    • आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने
    • अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.