Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

‘कांग्रेसले अहिलेको सरकारलाई समर्थन गर्दिन भन्यो भने सिद्धिएन ?’

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, असार, १६
‘कांग्रेसले अहिलेको सरकारलाई समर्थन गर्दिन भन्यो भने सिद्धिएन ?’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई बजेटको खड्गो हुँदै नभएको बताएका छन् ।
‘बजेटमा विवाद भएको होइन, बजेट संशोधन गर्ने कि नगर्ने भन्ने विवाद थियो । बेलायतको पुरानो सय वर्ष पुरानो चलन भन्दै स्याल हुइँया मच्चाइयो । सरकारले चाहेमा बजेट संशोधन गर्न सक्थ्यो । बेलायतमा पनि बजेट संशोधन हुन्छ । प्रचण्डको सरकारलाई कुनै खड्गो थिएन,’ छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता बिडारीले गठबन्धन सरकार भएकाले प्रधानमन्त्री प्रचण्डले रफ्तार लिन नसकेको औंल्याए । उनले भने, ‘यो एकल पार्टीको सरकार होइन । सरकारमा गठबन्धन छ । शक्तिशाली पार्टीले निहुँ खोजे सरकार ढल्छ । कांग्रेसले अहिलेको सरकारलाई समर्थन गर्दिन भने सिद्धिएन ? विकास निर्माण, अर्थव्यवस्था, सुशासनमा काम भइरहे पनि त्यो हाई स्पिडमा जान नसकेको त्यही कारण हो । गठबन्धनको चित्त बुझाई बुझाई काम गर्नुपर्ने अवस्था छ ।’
सरकारको कामकारबाही आलोचनायोग्य नभएको पनि बिडारीले बताए । उनले भने, ‘प्रधानमन्त्रीले जादु गर्ने हो र ? नेपाल गरिब भएको आज हो र ? नेपालको राजनीति आज गडबड भएको हो र ? फोहोर थुप्रिएको अहिले हो र ? मैले एकदम राम्रो भएको भन्या होइन, राम्रो गर्नेतिर उन्मुख भएको भन्या छु । यसले आशा जगाएको छ । सरकारको काम आलोचनायोग्य होइन, प्रशंसायोग्य नै छ ।’
सरकारको कामकारबाहीबाट भ्रष्टाचारीहरु अत्तालिएको बिडारीको दाबी छ । साथै उनले अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने परिस्थिति नभएको बताए । बिडारीले थपे, ‘हाम्रो भनाइ कम्तीमा दुई अढाइ वर्ष प्रचण्ड सरकारमा बस्नुपर्छ भन्ने हो । तर गठबन्धनको सरकार पाँचै वर्ष चल्नुपर्छ ।’
प्रदेशले ‘हाई फाई’ गर्दा संघीयतामाथि नै खतरा बढेको आरोप पनि बिडारीले लगाए । उनले भने, ‘प्रदेशमा संविधानले दिएको अधिकारभन्दा पनि बढी हाईफाई, ढ्याइँढ्याइँ, ढुइँढुइँ र रजाइँ बढ्ता भो । केन्द्रकै सिको गरेर सांसदलाई बजेट बाँड्न थाल्नुभो, मन्त्रालय टुक्र्याउन थाल्नुभो । मोटर धरै चढ्नुभयो । खर्च धेरै गर्नुभो । अनि मान्छेले भन्ने बाटो पाएका छन् । यस्तै गर्नुभो भने संघीयतालाई खतरा हुन्छ । संघीयतालाई खतरा केन्द्रबाट होइन, प्रदेशबाटै छ ।’

Top Changing Nepal

युट्युब सट्स