गगनको प्रश्न, ‘जम्मा १० सिट जितेको पार्टीका नेतालाई पनि प्रधानमन्त्री बनाउनु पर्ने ?’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले नागरिकहरु नेता र दलहरुसँग रिसाएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले आम नागरिकमा आक्रोश देखिएको बताएका हुन् । कांग्रेसले जनतालाई भरोसा दिलाउन आवश्यक रहेको उनको भनाई छ।
चुनाव जित्ने र सरकारमा सहभागी हुने कुरामा मात्रै पार्टी नरुमलिएर जनजीविकाको चासो र राष्ट्रियताको बारेमा चासो दिन आवश्यक रहेको उनले बताए । साथै अहिले जनताले कांग्रेसले सरकारको लागि जे पनि गर्छ, भ्रष्टाचारमा लिप्त मान्छेलाईमात्रै संरक्षण गर्छ, राष्ट्रियताको सन्दर्भमा दह्रोसँग खुट्टा टेकेर बचाउछ भन्नेमा पनि विश्वास नरहेको उनको भनाई छ ।
अहिले एउटा नागरिकले कांग्रेसलाई हेर्ने दृष्टिकोण बताउँदै उनले भने, ‘कांग्रेस सरकारको लागि जे पनि गर्छ । अर्को कोणबाट भ्रष्टाचारमा लिप्त मान्छेलाईमात्रै संरक्षण गर्छ । राष्ट्रियताको सन्दर्भमा दह्रोसँग खुट्टा टेकेर बचाउछ लाग्दैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भइरहेको कांग्रेसलाई आम नागरिकले सरकारमा सहभागी हुनका लागिमात्रै निर्वाचनमा गएको जस्तो गरी हेरेको उनले बताए । नेकपा (एकीकृत समाजवादी) का नेता माधव नेपालतर्फ लक्षित गर्दै उनले १० सिट जितेको नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाएर अन्तिममा कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने निर्णयमा आपत्ति जनाए ।
‘जम्मा १० वटा सिट जितेको नेतालाई बुई चढाएर डेढ वर्ष प्रधानमन्त्री बनाएर अन्तिममा कांग्रेसबाट प्रधानमन्त्री बन्ने किन ?’ उनले प्रश्न गरे
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

