सरकारलाई दिएको समर्थन फिर्ता नलिन सिके राउतलाई प्रचण्डको आग्रह
जानकारी केन्द्र
२०८०, असार, १७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता भएको छ ।
आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई दिएको समर्थन बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारलाई समर्थन गरेको जनमत पार्टी पछिल्लो समय सरकारसँग असन्तुष्ट रहेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति तिब्र असन्तुष्ट रहेको जनमतले प्रतिनिधिसभाबाट बजेट पास गर्नेबेला विपक्षमा भोट हालेको थियो ।
आज विहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले राउतलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेका छन् । दाहालले आफ्नो पार्टीबाट मन्त्री भएका एक मन्त्रीलाई फिर्ता बोलाएर भएपछि छिट्टै जनमतलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
