१० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सहमति : भारतले आफ्नो लगानीको मात्रै विद्युत किन्ने !
काठमाडौं । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेको एक महिना बित्न लागेपछि त्यस सम्बन्धमा दुई देशबीच सहमति हुने भएको छ । दुवै पक्षले सहमतिको लागि आन्तरिक गृहकार्य थालिसकेका छन् ।
गत जेठ १७–२० को प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने सहमति भएको घोषणा गरेका थिए ।
उक्त घोषणासँगै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणको ठूलो सफलतामध्ये एक यो पनि भएको दाबी गरे । नेपालबाट भारत भ्रमणमा गएका उद्योगी तथा व्यवसायीहरुले पनि भारत भ्रमणको क्रममा भएको यस्तो घोषणालाई लिएर सकारात्मक जवाफ दिए । भारतले भने नेपालमा भारतीय लगानी वा नेपाल सरकारको लगानीमा सम्पन्न आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने अडान राखेको छ ।
अहिले दुई देशबीचका अधिकारीबीच भैरहेको गृहकार्यमा पनि भारतले आफ्नो अडान कायमै राखेको छ । भारतले नेपालमा चिनियाँ लगानीबाट वा अन्य देशको लगानीमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादन भएका विद्युत नकिन्ने अडान लिएको छ ।
प्रधानमन्त्री दाहालले भने भारतको लगानीबाहेक अन्य देशको सहयोगमा निर्माण भएका आयोजनाबाट उत्पादन हुने विद्युत पनि भारतले किन्ने सार्वजनिक टिप्पणी गर्दै आएका छन् ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

