पर्यटनमन्त्री किरातीको कामबाट प्रधानमन्त्री प्रचण्ड प्रफुल्ल, क्यानका अधिकारीको जागिर धरापमा !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको कामबाट प्रभावित भएका छन् । पछिल्लो समय किरातीले चालेका कदम देश हितमा भएको भन्दै कसैसँग पनि सम्झौता नगरी अघि बढ्न प्रधानमन्त्री दाहालले हौसला दिएका छन् । किरातीले सुरुवातदेखि नै निगम सुधारदेखि पर्यटन क्षेत्रको विकासको लागि प्रभावकारी काम चालेका छन् । उनले लिने निर्णयकै कारण उनी जनतामाँझ लोकप्रिय छन् ।
सामाजिक सञ्जालमासमेत उनको कामको चर्चा भैरहेको छ । हुन पनि मन्त्री किरातीले आफूलाई आमाको आर्शिवाद रहेको र छातीभित्र इमान बोकेको बताउँदै आएका छन् । साथै, प्रधानमन्त्री दाहालको देश बनाउने सपना नै आफ्नो ब्रम्हास्त्र बताउने किरातीले आफूविरुद्ध भ्रम छर्ने र घेरा हाल्ने दुश्मनको रणनीति रहेपनि कोही पनि भ्रममा नपर्न अनुरोध गर्दै आएका छन् ।
किरातीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको कामकारबाही चित्तबुझ्दो नभएको भन्दै स्पष्टीकरणसमेत सोधेका थिए । तर, अधिकारीले शक्ति केन्द्रको प्रभाव देखाउँदै मन्त्रीको स्पष्टीकरणको जवाफसमेत नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए । यो बीचमा मन्त्री किरातीले प्रधानमन्त्री दाहालसँग अधिकारीलाई कारबाही गर्नेबारे छलफल गरेको बुझिएको छ ।
उक्त छलफलमा प्रधानमन्त्री दाहालले मन्त्री किरातीको कार्यशैलीलाई लिएर आफू सन्तुष्ट रहेको भन्दै सोहीअनुसार अघि बढ्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहाल मन्त्री किरातीको कदमलाई लिएर सकारात्मक बनेपछि अब क्यानका महानिर्देशक अधिकारीको जागिर धरापमा परेको चर्चा हुन थालेको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

