• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • ९ घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १० घण्टा 

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • १२ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • १६ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १७ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १८ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १९ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • २. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ५. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ७. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ८. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ९. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • १०. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

जानकारी केन्द्र २०८०, असार, २५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज (सोमबार) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले स्रष्टाको सिर्जना समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताए । “जनताको ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनासमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्छ”, उनले भने । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पु¥याउन पुष्पलाल श्रेष्ठले अनुसरण गरेको सिद्धान्त, विचार, नीति र देखाएको मार्गनिर्देशनले ठूलो अर्थ राख्ने उल्लेख गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट रहेको बताए ।

“सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्व, जनवादी क्रान्तिको विकास, कम्युनिष्ट आन्दोलनको एकता, कम्युनिष्ट मूल्यमान्यता र संस्कृति निर्माणका निम्ति विचार तथा व्यवहारमा उनको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय रहँदै आएको छ”, प्रधानमन्त्री दाहालले भने ।

पुष्पलालका शिक्षालाई जीवन व्यवहारमा लागू गर्ने सङ्कल्प गरेर मात्र उनीप्रति सच्चा सम्मान हुने उनले उल्लेख गरे । राजनीतिक, इतिहास, साहित्य, संस्कृति र विज्ञानका क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनको विश्वास छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल नेपाली राजनीतिको शिखर व्यक्तित्वका रुपमा रहेको बताए । “नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मात्र नभएर उनी नेपालको लोकतान्त्रिक आन्दोलनको उच्च व्यक्तित्व थिए”, उनले भने । पुष्पलालले नेपाली कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्ता फाल्न नसकिने निष्कर्ष निकालेको सुनाउँदै पूर्वप्रधानमन्त्री नेपालले कांग्रेस र कम्युनिष्टले हातेमालो गरेपछि मात्रै निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएको बताए । “पुष्पलाल दूरदर्शी नेता थिए”, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्वका रुपमा रहेको र उनका सपना पूरा गर्न लाग्नुपर्ने बताए । “निरङ्कुश राजतन्त्रको अन्त्य, नौलो जनवाद स्थापना, समाजवादको स्थापना र नेपाली समाजको इतिहासको गहन अध्ययन गर्ने पुष्पलालका चार सपनामध्ये केही पूरा भएका छन्”, उनले भने, “समाजवादोन्मुख संविधान जारी गरेर समाजवाद स्थापनाको थालनी भएको छ, नेपाली समाजको अध्ययन गर्ने उनको सपना बाँकी नै छ, यसलाई हामीले पूरा गर्नुपर्छ ।” पुष्पलालको सपनाका रुपमा रहेको नेपाललाई समाजवादमा पु¥याउने कार्यभार पूरा गर्न वर्तमान सरकारले काम थालनी गरेको मन्त्री किरातीको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले नेपालको राजनीतिक परिवर्तनमा उल्लेख्य योगदान दिएका पुष्पलालको सम्मानमा पुरस्कारको व्यवस्था गरिएको बताए ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले राष्ट्रको विकास, समृद्धि र सम्वद्र्धनमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सरकारले सम्मान गर्दै आएको बताए । सम्मानित व्यक्तित्व कमलप्रसाद कोइरालाले सानो उमेरदेखि नै पुष्पलालसँग राजनीतिक सम्बन्ध रहेको स्मरण गरे ।

सरकारले नेपालको इतिहास, प्रगतिशील साहित्य सिर्जना र सांस्कृति पक्ष तथा राजनीतिशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, अर्थशास्त्र विषयमा खोज, अनुसन्धान र लेखनमार्फत नेपाली समाजको परिवर्तनका निम्ति गरिएका योगदानको सम्मानस्वरुप प्रत्येक वर्ष तीन जनालाई पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । रासस

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

ताजा

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.