देउवालाई प्रधानमन्त्री बनाउन एमालेका तीन शर्त
काठमाडौं , असार २६ । नेकपा (एमाले्) का महासचि शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वले मुलुकलाई निकास दिन नसक्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्ड आजको मुलुकको संकटको कारक बनेको टिप्पणी गरेका हुन् ।
भोलि जनताले प्रश्न उठाउँदा कांग्रेस र एमालेमाथि नै प्रश्न खडा हुने उनको दाबी छ । कांग्रेसभन्दा बाहेकका दललाई लिएर सरकार बनाउनका लागि नीतिगत रुपमा ठूलो सम्झौता गर्न तयार हुनुपर्ने भएकाले यसका लागि एमाले तयार नरहेको उनको भनाई छ ।

कांग्रेसलाई एमालेले अलग–अलग चुनावमा सहभागी हुन आग्रह गरेको स्मरण गर्दै उनले कांग्रेसले उक्त प्रश्ताव स्वीकार नगर्नुको कारण अहिले राजनीतिक अस्थिरता बढेको पोखरेलको आरोप छ । मुलुकको रक्षाका लागि कांग्रेस सरकारबाट बाहिर आएर एमालेसँग मिलेर सरकार बनाउने चाहेको खण्डमा आफूहरु तयार रहेको उनले बताए । राजनीतिक अस्थिरता, अराजकताको अन्त्यको एजेण्डा, सांस्कृतिक मूल्यमाथि भइरहेको प्रहारलाई जोगाउने एजेण्डा र आर्थिक मन्दीको प्रभावबाट मुलुकको अर्थतन्त्र जोगाउने एजेण्डा बोकेर आएको खण्डमा आफूहरु सहकार्यका लागि तयार रहेको उनले बताए ।
‘कांग्रेस मुलुकको रक्षाका लागि बाहिर आउँछ भने हामी छलफल गर्नका लागि तयार छौं । मुलुकका संकटहरुको समाधानको शर्तमा अहिले जुन प्रकारको राजनीतिक अस्थिरता, अराजकता छ, त्यसलाई सम्बोधन गर्ने एजेण्डा बोकेर आउनु पर्यो । नेपालको सांस्कृतिक मूल्यमाथि जुन प्रकारको प्रहार भइराखेको छ, त्यसलाई जोगाउने एजेण्डा बोकेर आउनुपर्यो र मुलुकको आर्थिक संकट जुन मन्दीको अवस्थामा छ, त्यसलाई जोगाउने एजेण्डा बोकेर आउनु पर्यो ।’ उनले भने, ‘त्यसमा एमालेसँग सहकार्य गर्न तयार हुनुपर्यो त्यस्तो अवस्थामा कांग्रेससँग छलफल गर्न सकिन्छ भन्ने पक्षमा हामी छौं ।’
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

