कांग्रेस-माओवादीमध्ये एक सकाउने खेलमा एमाले
काठमाडौं । नेकपा (एमाले) यतिखेर प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ । संसद्को दोस्रो ठूलो दल रहेको एमाले प्रमुख प्रतिपक्षमा रहेपछि सरकार बनाउने अभ्यासमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गिराएर नयाँ समीकरण बनाउने अभ्यासमा रहेको एमालेले पटक–पटक कांग्रेससँग संवाद गरेको पनि खुलासा भइरहेको छ । यसैबीच एमाले सांसदसमेत रहेका राजेन्द्र राईले आफूहरु सरकार गिराउने कसरतमा रहेको बताउँदै आएका छन् ।
त्यस्तो, अहिले जारी रहेको कांग्रेस केन्द्रीय समिति बैठकमा पनि सरकारको समीकरण परिवर्तन हुने कुराले प्रश्रय पाएको छ । कांग्रेस केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार परिवर्तको खेल सामन्य नभएर प्रमुख प्रतिपक्ष कांग्रेस सिध्याउने कि माओवादी सिध्याउने भनेर लागिरहेको बताईन् । उनले यस्तो बेला देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्न पनि नेतृत्वहरुसँग आग्रह गरिन ।
‘व्यापक रुपमा सरकार फेरिने हल्ला पनि बजारमा छ । देश र जनतालाई केन्द्रमा राखेरमात्र पहिला अगाडि बढ्नुपर्छ । खेल सामन्य छैन, कि नेपाली कांग्रेस सकाउने, कि माओवादी सकाउने खेल छ,’– उनले भनिन् ।
अहिलेको सरकारले भ्रष्टाचारीलाई कारबाही गरेको अवस्थामा माओवादीको साथ छोड्दा कांग्रेसको बदनामी हुने उनको बुझाई छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई मिनबहादुर गुरुङजस्ताबाट सकाउने खेल सुरु हुन थालेको पनि उनको दाबी छ ।
‘भ्रष्टाचारीलाई कारबाही गरेको अवस्थामा माओवादीलाई छोडे कांग्रेसको बदनामी हुनसक्ने अवस्था पनि आउन सक्छ । माओवादीको अध्यक्ष प्रचण्डलाई मिनबहादुर जस्ताबाट सकाइने खेल पनि हुनसक्छ,’– उनले भनिन् ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

