‘नेपाली कांग्रेस भ्रष्टाचार भन्नेवित्तिकै मुख थुन्छ, कानमा रुई हाल्छ’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले पदाधिकारी बीच समन्वय नभएको र कांग्रेसले जनताको भावना अनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
आज पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विधानले सबै काम सभापतिको जिम्मामा दिँदा महामन्त्रीहरु काम विहीन अवस्थामा बसेको टिप्पणी गरेका हुन् ।
महामन्त्रीले कार्य योजना पेश गर्दा महिला, दलित, पिछडिएका वर्ग लगायतको मुद्दा सम्बोधन गर्न नसकेको उनको आरोप छ । ‘महामन्त्री विचरा १ बबुरा देखिरहेको छु । विधानमा अधिकार खोज्यो केही पाइँदो रहिन छ । चरी जेलैमा । सबै सभापतिले गर्ने भनेको रहेछ,’– उनले भने ।
अहिलेको युगमा जनताको मुद्दामा आधारित भएका राजनीति गर्न उनको सुझाव छ । महामन्त्रीले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामा पचास लाख युवाको मुद्दा नसमेटिएको भन्दै उनले आपत्ति जनाए ।
‘११ महिनासम्म बैठक नबस्ने कुरा कुन पार्टीको केन्द्रीय सदस्यले ठीक थियो भन्छ रु ल भन्नुस् । २१औं शताब्दीमा मुद्दाले राजनीति गर्ने हो । जनताका मुद्दा के छन् । कार्ययोजनामा खै त पचास लाख युवाहरुको मुद्दा ?’– उनले प्रश्न गरे ।
कार्ययोजनाले सामाजिक न्याय र महिला हिंसालाई सम्बोधन गर्न नसकेको उनको आरोप छ । समाजमा नेपाली कांग्रेस भ्रष्टाचार भन्नेवित्तिकै मुख थुन्छ, कानमा रुई हाल्छ, आँखा बन्द गर्छ भन्ने भ्रम रहेको र त्यसलाई चिर्न आवश्यक रहेको उनले बताए ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

