‘देउवालाई संसदीय दलको नेताबाट हटाउन गगनको औकात पुग्दैन’
काठमाडौं । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले पार्टी सभापति शेबहादुर देउवालाई सभापतिबाट हटाउन महामन्त्री गगनकुमार थापाको औकात नपुग्ने टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसदीय दलको नेता चयनमा भएको निर्वाचनमा महामन्त्री थापालाई आफ्नै समूहका नेताले समेत विश्वास नगरेको भन्दै एउटा समूहलाईसमेत विश्वासमा लिन नसक्नेले बहुमत पाउन असम्भव रहेको बताएका हुन् ।
‘स्यालले गोरु भिरबाट लडोस् भनेर सरापेको भरमा गोरु लड्दैन क्या । उहाँहरुले भन्न पाउने पार्टी हो यो । आफ्ना कुरा राख्न पाईन्छ । हुने नहुने कुरा बेग्लै हो । संसदीय दलको चुनावमा उहाँलाई आफ्नै टिमले त पत्याएको छैन । अरुले कहाँबाट दिने रु संसदीय दलको नेता परिवर्तन गर्न उहाँ गगन थापा ले कुनै हालतमा सक्नुहुन्न । न उहाँको हुतीले भ्याउँछ, न बुद्धिले भ्याउँछ । न विधिले भ्याउँछ, न औकात हैसियतले भ्याउँछ ?’– उनले भने ।
महामन्त्रीमा निर्वाचित भएपछि गगन र विश्वप्रकाशले ठूला–ठूला कुरा गर्दा विश्वास गुमाएको उनको दाबी छ । गगन र विश्वप्रकाशले सभापतिको विकल्प खोजिरहँदा महामन्त्रीभन्दा तल्लो तहका नेता तथा कार्यकर्ताहरुले पनि महामन्त्रीद्वयको विकल्प खोजिरहेको उनले बताए ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

