• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • १४ घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १४ घण्टा 

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • १७ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • २० घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • २२ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • २२ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • २३ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • २. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ५. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ७. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ८. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ९. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • १०. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

माओवादीसँग कांग्रेसको टसल, देउवाको ध्यान अब ‘च्यासल’

जानकारी केन्द्र २०८०, श्रावण, २६

काठमाडौं । सत्ता गठबन्धनमा मतभेद सुरू भएको छ । खासगरी सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच टसल सुरु भएको छ । खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले एकपछि अर्को गरेर आफ्ना पार्टीका नेताहरुलाई जेलमा हालेको भन्दै कांग्रेस नेतृत्व रुष्ट बनेको हो । यो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालसँग पटक–पटक भेटेरै असन्तुष्टि राखिसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवास प्रकरणसम्म बालकृष्ण खाँण (पक्राउ) देखि नेता विजय गच्छदार (पक्राउ पुर्जी जारी) सम्मलाई निशाना बनाईएको देउवाको गुनासो रहेको छ । हिजोमात्रै कांग्रेसकै सांसद सुनिल शर्मा पक्राउ परे । उनी नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका हुन् । सिआईबीले हिजो (बिहीबार) शर्मालाई उनकै निवासबाट पक्राउ गरेको हो । हाल उनलाई सिआईबीको लाजिम्पाटमा रहेको भाडा घरमा राखिएको छ ।

सरकारको मुख्य घटक आफूहरु रहेको अनि माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले छानी छानी कांग्रेसकै नेताहरुमाथि प्रहार गरेको भनेर देउवा पक्षधर नेताहरुले गुनासो गर्न थालेका छन् । देउवाले कांग्रेसकै नेताहरुलाई पक्राउ गरेर के गर्न खोजेको भनेर प्रचण्डसमक्ष प्रश्नसमेत गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा त बालकृष्ण खाँणमात्रै नभएर देउवा पत्नी आरजुलाई समेत थुन्ने षड्यन्त्र गरेको भन्ने कांग्रेस नेताहरुको निश्कर्ष छ ।

सुन तस्करी प्रकरणमा माओवादीका हाई–प्रोफाईल नेताहरुको संलग्नता भनेर समाचार आउँदापनि कोही नसमातिएको तर कांग्रेसका नेताहरुलाई बिना संलग्नता पनि प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै कांग्रेस नेताहरु रुष्ट बनेका छन् । सत्ता गठबन्धनकै अर्को मुख्य घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फसाउनको लागि माओवादीले गौर हत्याकाण्डका पीडितसँग सहमति गरेको पनि अर्को चर्चा चलिरहेको छ ।

यो बीचमा उपेन्द्र यादवले देउवासँग भेटेर आफ्नो गुनासो राखेको र आवश्यक परे सरकारबाट बाहिरिने उनको चेतावनी छ । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने कसरत गरिरहेको छ । यस्तोमा देउवाले माओवादीसँगको सम्बन्ध टुटाएर एमालेसँग सहकार्य गर्नसक्ने पनि आँकलन भैरहेको छ । कांग्रेसनिकट उच्च स्रोतले भन्यो–‘माओवादीसँगको टसलकै कारण सभापतिजीको ध्यान अब च्यासल (एमाले मुख्यालय) तिर गएको छ । हेरौं एक÷दुई साताभित्र राजनीतिमा केही फेरबदल आउँछ कि ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

ताजा

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.